पहिरोले विद्युतको नहर भत्काउदा सुर्किगाउँ अन्धकार

पूर्ण चौलागाईं जुम्ला ।
तातोपानी गाउपालिका वडा न.७ सुर्कि गाउँ यतिबेला अन्धकार भएको छ।दुर्गा घट्टेखोला लघु जलविद्युत आयोजनाको झण्डै ३० मिटर नहर भएपछि विद्युत अबरुद्ध भएपछि गाउँ नै अन्धकार भएको हो।
पहिरोले नहर भत्काएपछि सुर्की गाउँका १ सय ४५ घरधुरी नै अध्यारोमा बस्न बाध्य भएको वडा न.७ का कार्यबाहक वडा अध्यक्ष जगत रावतले बताए ।तत्कालीन ताम्ती गाउँविकास समिति ,भु संरक्षण कार्यालय ,पेस नेपाल र जनश्रमदान गरि २० लाख लगानीमा १६ बर्ष पहिला सो लघु जलविद्युत आयोजना निर्माण भएको का .बा.अध्यक्ष रावतको भनाइ छ। पहिरोले गाडी हिड्ने बाटो समेत भत्किएको र आवातजावतमा कठिनाइ भएको छ।
साथै प्रधानमन्त्री रोजगारको १३ लाख र तातोपानी गाउपालिकाको १० लाख गरि जम्मा २३ लाखमा निर्माण गरिएको वडास्तरिय रंगशाला पहिरोको जोखिममा रहेको तातोपानी पालिका अध्यक्ष नन्द प्रसाद चौलागाईंले बताए ।




तपाईको प्रतिक्रिया