
मुगुमा जीप लोट्यापछी ४ जुना मान्ठ मर्या छुन भुन्या ५ जुना मान्ठ घाईत्या भया छुन।
मुगु जिल्लाको शोरु गाउँपालिकामा जीप लोट्यापछी चार जुना ठाउको ठाउमै मर्या छिया भुन्या ५ जुना घाईत्या भया छुन् । जिप लोटि मन्न्या सब्बै चारै जुना हुम्लाका रया कुडा जिल्ला प्रहरी अड्डा मुगुका मुख्या माण्ठ महेश बस्नेतले भुन्या छुन् । सोरुकोटदै मुगु जान लाग्या ग १ ज ७७,६२ नुम्बरको जिप सिपको पहिरा भुन्न्या ठाउमै लोट्या छियो।
सर्केगाड-२ रिपका राम परियार, सिमकोटका प्रकाश बोहरा, ठेगाना नखुल्या अक्का मान्ठ राम परियार र पिउस परियार मर्या कुडा जिल्ला प्रहरी अड्डा मुख्या मान्ठ बस्नेतले जुनेस दिया छुन।
हुम्ला जिल्ला घर भया उजिर बोहरा, गोबिन्द शाही , लाेकजंग शाही, सेरे राेकाया र जिप चलाउन्या मान्ठ दिनेश लावड घाइत्या भया छुन।
जोप क्या गरिकन लोट्यो त्यो कुडा अइलेसुम्म थाहा हुन सक्या नाइ।




हाम्रो कर्णाली । ३० श्रावण २०८०, मंगलवार १०:३५