सिन्जामै उब्ज्या बालीनाली बेच्नापथ सिंजाले गर्‍यो खाद्य कुम्पुनीसात सुमम्झौता

पूर्ण चौलागाईं
सिंजा गाउँपालिका भित्त उब्जनी भया पुरानो बालिनाली बेच्ना निम्ति खाद्य व्यवस्था तथा ब्यापार कुम्पनी लिमिटेडसात सिंजा गाउँपालिकाले सुम्झौता गर्या छ । गाउँपालिकामै उब्जनी हुन्या मार्सी चामल,कागुनो,कोदो,चिनो,सिमि,भट्ट,फापर,आल्लुवा,गुराउस,मास जइथा बालिनाली बचाइ राख्न्या र किर्सानकन बेच्न अप्ठ्यारो नहोस भुन्ना पथ बेलि खाद्य कुम्पनीको मुख्या अड्डासात बेलि छुन्चराबारा दिन सुम्झौता गर्या कुडा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले भुन्या छुन ।

गाउँपालिका अध्यक्ष धिताल र खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडका मुख्या कार्यकारी अधिकृत मोहन प्रसाद चन्दमाज सुम्झौता पत्रमै साइन भया कुडा अध्यक्ष धिताले जुनेस दिया छुन ।गाउपालिकाले किर्सानन पइलेदै उब्जनी गद्दै आया बालिनाली उब्जाउना निम्ति खुसी बुनाउन्या र उब्जानी भया बालिनाली पालिकाले आफै किन्या र कुम्पनिन बेइन्या भया कुडा अध्यक्ष धितालले हाम्मो कर्नालोकन भुन्याछुन।
किर्सानले उब्जनि गर्या पुराको बालिनाली बजारसुम्म पुर्याउना बिअ खाद्य कुम्पनीले सायता गर्न्या भया छ । किर्सानले दुख गर्या मुल्य पुनि पाउन्या भया छुन। यो भुन्दा किर्सानले दुख मात्तै गन्न्या फाइदा अक्कै मान्ठले खान्या गर्या छिया ।अब फाइदा किरानकन हुन्या र किर्सान मारमा नपड्न्या कुडा खाद्य ब्यापार कुम्पनिका मुख्या मान्ठ चन्दले भुनाइ छ।
पइला किर्सानले उब्जनी गर्या बालिनाली नबिकिकन तस्सै फल्नुपड्न्या बाध्यता छियो अब बालिनाली खडा जान नदिना बिअ किर्सानको भलाइका निम्ति खाद्य कम्पनीसात लामो सुमयसुम्म सुम्झौता गर्या कुडा सिंजा गाउँपालिका प्रवक्ता तिर्थ वडले भुन्या छुन।




तपाईको प्रतिक्रिया