सडकको पेटिमा तरकारी तथा फलफुल बिक्रीवितरण , नगरपालिका मुखदर्शक

पूर्ण चौलागाईं जुम्ला ।
चन्दननाथ नगरपालिकाको मुटु जुगाडपुलमाथि नै अव्यवस्थित रुपमा तरकारी तथा फलफूल बिक्रीवितरण हुँदै आएको छ।त्यस्तै कालेखोलिको सडकपेटि,कृष्णमन्दिर छेउछाउ, बसपार्क लगायत जुम्ला बजारको सडकको पेटिमा तरकारी तथा फलफूल बिक्रीवितरण भैरहेको छ।जस्ले गर्दा सवारीसाधन आवतजावत गर्न र स्थानीयलाई हिडडुल गर्न समेत सास्ती भएको छ। यस्लाइ नियन्त्रण गर्न चन्दननाथ नगरपालिका मुखदर्शक भएको नागरिक समाजका अध्यक्ष राज बहादुर महतको भनाइ छ। बजारलाई ब्यस्थित गर्न नसक्नु नगरपालिकाको कमजोरी भएको नागरिक समाजका अध्यक्ष महतको दाबी छ।
बजारलाई ब्यबस्थित गर्न १ जना स्वयंसेवक खटाएको र जथाभावी सडकको पेटिमा तरकारी तथा फलफूल बिक्रीवितरण गर्न बन्द गरिने चन्दननाथनगरपालिका फोहोरमैला तथा बजार ब्यबस्थापक संयोजक लक्ष्मिचन्द्र न्यौपानेले बताए ।
बजारलाई व्यबस्थित गर्न र ब्यापारीलाई सहज बनाउन तरकारी तथा फलफूल बिक्रीवितरण केन्द्रको स्थापना गरिने चन्दननाथ नगर प्रमुख राजुसिंह कठायतले बताए ।




तपाईको प्रतिक्रिया