
पूर्ण चौलागाईं
जुम्ला तातोपानी गाउपालिका वडा नुम्बर ५ बइन्या जीवन खत्री बैशाखा मुइना १९ गत्यादै हरियाछुन।तीन मुइनासुम्म पुनि तिनुको अत्तोपत्तो भया नाइ।२३ बर्षा खत्री घोक्न भुनिकन काठमान्डू गयाबेलादै हरिया कुडा तिनुका बाबा मुनिचन्द्र खत्रीले भुन्याछुन।
बैसाखा मुइना १९ गत्या बाहापल्टी हरिया तुन्नेडी मान्ठ खत्रीले आम्ना बाबान काठमान्डू कोटेश्वरदै फुन गर्या र त्यै दिनदै हरिया छुन। हरिया मान्ठ खत्रीको फोन नुम्बर ९७४५६४७२९० पुनि अइलेसुम्म बुन्द छ।
दाइ धनलाल खत्रीले आम्नो भाइन खोजी पाउ भुनी काठमान्डू जिल्ला प्रहरी अड्डामै निवेदन दिया र पुलिस अड्डाले तुम्मो मान्ठन हामिले भेटाउन सक्यानु भुन्या कुडा दाइ खत्रीले हाम्मो कर्नाली अनलाइनन भुन्या छुन।यी मान्ठन देख्नु हुन्या मान्ठले नुजिकैको प्रहरी अड्डामै जुनेस गरिदिन हुन उनुरोद गद्द्दा छौ।




हाम्रो कर्णाली । २६ श्रावण २०८०, शुक्रबार १८:५५