
पूर्ण चौलागाईं जुम्ला ।
टेक बहादुर बुढाको अत्तिस खेती मुख्य जिविकोपार्जनको स्राेत बनेको छ।पातातारासी गाउपालिका वडा न. ७ पटमारा निवासी बुढाले झण्डै ८ लाख रुपैयाँसम्म अत्तिस बेचेरै वार्षिक आम्दानी हुने गरेको र अत्तिस खेति नै जिविकोपार्जनको मुख्य आधार भएको बताए ।
करिब ३ बिगाहा जग्गामा अत्तिस खेती गरि अत्तिसको १० किलोग्राम बीउ प्रती किलोग्राम ५० हजारका दरले ५ लाख रुपैयाँ र ५ हजार ५ सय अतिसका बिरुवा ५ रुपैयाँका दरले २ लाख ७५ हजार गरि जम्मा ७ लाख ७५ हजार रुपैयाँ यो बर्ष मात्रै आम्दानी भएको जडिबुटी ब्यबसाय बुढाले बताए ।
२०६१ सालमा चुलिहिमाली जडिबुटी उत्पादन तथा प्रशोधन उधोग दर्ता गरि ६ लाख रुपैयाँ लगानीमा ब्यबसाय सुरुवात गरिएको र हाल सोही ब्यबसायलाई निरन्तरता दिई अत्तिस खेतिको आम्दानीबाट नै छोराछोरीलाई पढाईलेखाइ गरेको तथा ८ जना घरपरिवारको जिविकोपार्जनको मुख्य आधार बनेको बुढाले दाबी गरे।
जडिबुटी ब्यबसायबाट प्रशस्त आम्दानी हुने र सोही ब्यबसायमा लाग्न अन्य कृषकलाइ कृषक बुढाको सुझाव छ।




हाम्रो कर्णाली । २७ श्रावण २०८०, शनिबार १८:२८