बेलि छकल्यादै बुन्द गर्या जुम्लादै नाग्म गाडी हुड्न्या बाटो अइले खोलियो।

पूर्ण चौलागाईं जुम्ला।

बेलि छकल्यादै बुन्द गर्या जुम्लादै नाग्मसुम्म गाडी हुड्न्या बाटो अइले खोलिया छ।ट्याक्टर चलाउन्या मान्ठ धन गिरि बेपत्ता गरिया पछि तिनुका आम्ना मान्ठले न्याया पायानु भुनिकन बाटो बुन्द गर्या छिया।बेपत्ता पाड्या ट्याक्टर चलाउन्या मान्ठइ जोइका निम्ति  चन्दननाथ नगरपालिकामै जागिरको पहल चाल्न्या र न्यायको निम्ति  गइरो अनुशन्धान गर्न्या कुडा मिल्यापछी बुन्द गरिया बाटो खुल्या कुडा तुलराज गिरिले भुन्या छुन।
अगि दिउस जिल्ला प्रशासन अड्डा मुख्या मान्ठ,जिल्ला प्रहरी अड्डा मुख्या मान्ठ,राजनिती गन्न्या मान्ठ र बेपत्ता भया ट्याक्टर चलाउन्या आम्ना मान्ठ बसिकन कुडाकानी मिल्यापछी बुन्द गरिया बाटो खोल्या हुन् ।
बेलिदै चन्दननाथ नगरपालिका वडा नुम्बर ९ उम्गाडा बुन्द गरिया छियो।




तपाईको प्रतिक्रिया