तिला वडा ६ ले गर्यो सार्वजनिक सुनुवाइ,१६ योजना सम्पन्न

पूर्ण चौलागाईं ।
तिला गाउँपालिका वडा नंं. ६ घोडेले आर्थिक वर्ष २०७९।०८० को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडापालिकाले गरेका विकास निर्माण र सेवा प्रवाह सम्बन्धी आम नागरिकलाई जानकारी गराउने तथा उनीहरुका सुझावलाई ध्यानमा राखी दिनमा वडालाई जनमुखी बनाउन सार्वजनिक सुनुवाई कार्यक्रम गरेको वडाध्यक्ष जंग बहादुर रोकायाले बताए । वडापालिकाको कुल बजेट ४४ लाख विनियोजित गरिएको थियो उक्त बजेटको ९० दशमलव ८३ प्रतिशत खर्च भएको वडाध्यक्ष रोकायाले जानकारी दिए।

वडापालिकाको आन्तरिक राजश्व १ लाख ८४ हजार ६०४ रुपैयाँ संकलन भएको छ । १६ वटा योजना निर्माण सम्पन्न भएका छन् ।वडाध्यक्ष रोकायाले भन्नुभयो,“ यो आर्थिक वर्षमा वडामा जनतामुखी हुने गरि काम समेत गरिएको छ । राहत तथा सेवा वितरणको लागि ६ वडाका तीनवटै गाउँमा सदस्यहरुको संयोजकत्वामा समितिहरु गठन, वडालाई विशेष क्षेत्र घोषणा, वडा स्तरिय पोषण तथा खाद्य सुरक्षा निर्देशन समिति गठन,एनसेल टावर निर्माणको लागि सम्झौता,बाल अधिकार समिति,बाल संजाल,बाल क्लव विपद् व्यवस्थापन समिति,शिक्षा समिति गठन,आ.व.२०७८।०७९ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको वडाध्यक्ष रोकायाको भनाइ छ ।”यो आर्थिक वर्षमा विभिन्न प्रकारका ५ सय ५१ वटा सिफारिस र ४६ वटा पञ्जिकरण सिफारिस वडाले दिएको तिला गाउँपालिका वडा नं. ६ का वडा सचीव बिष्णु प्रसाद उपाध्यायले बताए ।




तपाईको प्रतिक्रिया