जुम्लामा चामल अभाव,तत्काल बितरण नगरिने

पूर्ण चौलागाईं
जुम्लामा आयत भईरहेको चामल अभाव भएकाले सर्वसधारणका लागि केही समयका लागि वितरण नगरिने भएको छ । आर्थिक बर्ष २०७९/०८० मा जुम्लाका लागी ८ हजार १४७ क्विन्टल चामल प्राप्त भएकोमा हाल ९ सय ५९ क्विन्टल मात्र मौज्दात रहेकोले तत्कालको लागी सर्वसाधारणलाई बितरण नगरिने भएको हो ।
मौज्दात रहेको चामल मध्य ईमरजन्सी वाहेक अरुलाई वितरण गर्न नसकिने खाद्य व्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड जुम्लाका प्रमुख निर्मल विष्टले बताए । प्रमुख विष्टका अनुसार विपतका लागि ४९९ .७५ क्विन्टल र कारागारका लागि २८० क्विन्टल र जन्म र मृत्यूका लागि १८० क्विन्टल छुट्टयाईएको छ

जिल्ला खाद्य व्यवस्था समन्वय समितिको वैठकमा कार्यालयले प्रस्तुत गरेको प्रतिवेदनमा खाद्यन्न मौज्दात नभएको जानकारी भएपछि आवश्यक २ हजार क्विन्टल माग गर्ने निर्णय गरिएको छ । जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख नरविर सुनारको अध्यक्षतामा बसेको वैठकले मौज्दात सकिएपछि पहल गर्ने र मौज्दात भएको चामल कारागार, विपत र जन्म, मृत्यूका लागि मात्रै वितरण गर्ने निर्णय गरेको हो । वैठकमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लामा खाद्यन्न मज्दात परिणाम न्यून भई श्रावण मसान्तमा ढुवानी हुनेगरी न्यूनतम २ हजार क्विन्टल खाद्यन्न आपुर्ति गर्नका लागि प्रादेशकि कार्यालय मार्फत केन्द्रीय कार्यालयलाई अनुरोध गर्ने निर्णय गरिएको छ।

कम्पनीका अनुसार यस पटक जनतालाई विक्री ५ हजार ५ सय ४७ क्विन्टल ४१ केजी, कारागारका लागि ३०९, जन्म मृत्यूका लागि १६८.८० क्विन्टल चामल वितरण गरिएको छ । यसैगरी जुम्ला मुख्य कार्यालयबाट डोल्पाको काईगाउँ डिपोका लागि १७७.६ क्विन्टल र डोल्पाको सर्मीका लागि ७५०.५ क्विन्टल चलानी गरि पठाईएको छ ।
जुम्लामा नुनको अभाव देखीए लगत्तै चामलको अभाव देखिएको छ।तत्कालै सरकारको ध्यान जान जरुरी देखिन्छ ।




तपाईको प्रतिक्रिया