
पूर्ण चौलागाईं
मालपोत कार्यालय जुम्लाले आर्थिक बर्ष २०७९/०८० मा कुल राजस्व १ करोड ८१लाख ५० हजार ८ सय ७८ रुपैयाँ संकलम गरेको छ।रजिस्ट्रेशन दस्तुर वाफत ९२ लाख ९३ हजार ८५५ रुपैयाँ ,जग्गा रोक्का वाफत १८ लाख ७६ हजार ९८५ रुपैयाँ ,पुजिकर लाभकर ६४ लाख ६ हजार ५९८ रुपैयाँ र विविध ५ लाख ७३ हजार ४४० रुपैयाँ गरि जम्मा १ करोड ८१ लाख ५० हजार ८७८ रुपैयाँ राजस्व संकलन गरिएको मालपोत कार्यालय जुम्लाका प्रमुख नरेन्द्र बहादुर रोकायाले बताए ।
राजिनामा ,अंशबण्डा ,बकसपत्र , रोक्का लगायतका जुम्लाका ७ वटा गाउपालिकाका ५ सय ५५ र चन्दननाथ नगरपालिकाका ४ सय १० गरि जम्मा ९ सय ६५ रजिस्ट्रेशन लिखत पारित भएको प्रमुख रोकायाको भनाइ छ।
आर्थिक बर्ष २०७८/२०७९ र २०७९/०८० मा लक्षित बर्गको लागि २२ लाख ६१ हजार २८१ रुपैयाँ छुट गरिएको र नगरपालिकाका लक्षित बर्गको लागि २५ प्रतिशत र गाउपालिकाका लक्षित बर्गलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।
छिटो गतिमा चल्ने इन्टरनेट जडानपछि बिगतका बर्षमा जस्तो सेवाग्राहीले ढिलो सेवा लिनुपर्ने समस्या टरेको र सम्पुर्ण प्रक्रिया पूरा गरि कार्यालयमा आएमा छिटो सेवा प्रवाह गरिने कार्यालय प्रमुख रोकायाको दाबी छ।




हाम्रो कर्णाली । २१ श्रावण २०८०, आईतवार १४:०६