जुम्लामा लागुऔषध दुर्व्यसनी बढ्दै,तीन बर्षमा २४ मुद्दा दर्ता

पूर्ण चौलागाईं
जुम्लामा लागुऔषध दुर्व्यसनिको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ।तीन बर्षमा जुम्लामा २४ मुद्दा दर्ता भयका छन् ।आर्थिक बर्ष २०७७/०७८ देखि आ.व.२०७९/०८० सम्म २४ लागुऔषधसम्बन्धि मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक याम बहादुर बुढामगरले बताए ।आर्थिक बर्ष २०७९/२०८० मा १२ मुद्दा दर्ता भै २५ जना प्रतिवादी पक्राउ भरेका र उनीहरुबाट १३ ग्राम ९३ मिलिग्राम ब्राउनसुगर,२ ग्राम १९० मिलिग्राम चरेस,१५ ग्राम ८२ मिलिग्राम गाजा र २४ वटा नाइट्राभेट ट्याब्लेट बरामद गरिएको र ७ जना प्रतिवादी फरार रहेको प्रहरी निरीक्षक बुढामगरले बताए ।
त्यस्तै आर्थिक बर्ष २०७८/०७९ मा ७ मुद्दा दर्ता भै १२ जना प्रतिवादी पक्राउ परेका र उनीहरुबाट १०५ मिलिग्राम ब्राउन सुगर,७६.६२ ग्राम चरेस र २४१ पिस ट्रामाडोल र कोलोनोजेपाम बरामद गरिएको थियो भने आ.व.२०७७/०८८मा ५ मुद्दा दर्ता भै १४ जना पक्राउ परेका र उनीहरुबाट ६८० मिलिग्राम ब्राउन सुगर र १०४ ग्राम चरेस बरामद गरिएको साथै २ महिला र २ पुरुष गरि ४ जना प्रतिवादी फरार रहेका छन् ।लागुऔषध प्रयोगकर्तामा १८ बर्ष देखि ४० बर्ष उमेर समुहका युवायुवती रहेको प्रहरी निरीक्षक बुढामगरले बताए ।
तीन बर्षको तथ्यांकलाई हेर्दा जुम्लामा हरेक बर्ष लागुऔषध दुर्ब्यसनीको संख्या बढ्दै गएको पाइएको छ।




तपाईको प्रतिक्रिया