
पूर्ण चौलागाईं जुम्ला। छिमेकी मुलुक भारतकाे उत्तराखण्ड प्रदेशमा जुम्ला पातारासि गाउपालिकाका एकै परिवारका ७ जना सहित १३जना बेपत्ता भएका छन् । केदारनाथकाे फेदकाे गाैरीकुण्डमा व्यापार गर्दै आएका उनिहरु बेपत्ता भएका हुन् ।
पातारासी गाउँपालिका – ३ चौरगाउँका २७ वर्षीय अमृत बोहरा, उनीकी श्रीमति २९ वर्षीया अनिता बोहरा, जेठी छोरी ११ सलिबा बोहरा, साहिली छोरी ९ वर्षीया पिंकी बोहरा, ७ वर्षीया एलिसा बोहरा, ४ वर्षीय छोरो जटिल बोहरा र डेढ वर्षको वकिल बोहरासहित एकै घरका ७ जना पहिरोमा परेर बेपत्ता भएका छन् ।
सोही गाउँका ४३ वर्षीय सुकराम रावत र उनका छोरा जोर रावत, ४४ वर्षीय बम बोहरा पनि पहिरोमा बेपत्ता भएका छन् । सोही गाउँपालिका – २ पेरेगाउँका धनराज बुढा र चन्द्र कामी र उनका छोरा लालबहादुर कामी पनि पहिरोमा बेपत्ता भएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताइन् । उनले भनिन् हाम्रो पालिकालाई ठूलो क्षति भएको छ । यहाँका धेरैजसो नागरिक रोजगारीका सिलसिलामा भारत (इन्डिया) छन् । धेरै जना बेपत्ता भएको खबर प्राप्त भएको छ । तथ्यांक एकिन भएको छैन । बुझ्ने काम भईरहेको छ । यहाँका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेमार्फत गृहमन्त्रालय हुदै राजदुताससम्म उद्दारका लागि पहल गरेका छौँ ।
प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार हामीलाई खासै जानकारी छैन । यो कुरा गृह मन्त्रालय र परराष्ट मन्त्रालयमार्फत हुने हो । हामीले जनकारी गराएका छौं




हाम्रो कर्णाली । १९ श्रावण २०८०, शुक्रबार १९:२५