पत्रकार शाही र पाख्रीन नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने

पुर्ण चौलागाईं १७ साउन- पत्रकार जुम्लाकी दिलमाया शाही र सिन्धुपाल्चोककि कमला पाख्रिन नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने भएका छन् ।
नेपाल पत्रकारमहासंघ जुम्लाकी उपाध्यक्ष शाही र
कान्तिपुर टेलिभिजनकि सम्वदाता पाख्रिनलाई ग्रामीण क्षेत्रमा बसेर हरेक मुद्याहरुलाई सवलीकरण गर्न महत्त्वपूर्ण भुमिका खेलेको भन्दै मञ्चले सो पुरस्कार प्रदान गर्न लागेको हो ।

२२७ जना मध्येबाट सञ्चारकर्मी शाही र पाख्रिन पुरस्कारका लागि अन्तिम छनौटमा परेका हुन्।नेपाल अमेरिका पत्रकार मञ्चले प्रदान गर्ने सो पुरस्कारको राशी २ लाख २२ हजार दुई सय बाइस रुपैयाँ रहेको छ ।




तपाईको प्रतिक्रिया