हिमाका १३ सयबढी घरधुरी खानेपानीको पहुँचमा

पूर्ण चौलागाईं जुम्ला।
जुम्लाको हिमा गाउँपालिकामा झन्डै १३ सय बढी घरधुरीमा खानेपानीको पहुँच पुगेको छ । नेपालको राष्ट्रिय जनगणना २०७८ अनुसार हिमा गाउँपालिकामा १२ हजार १ सय ९१ जना जनसंख्या रहेको छ।जसमा पुरुष ६ हजार १सय५४ जना र महिला ६ हजार ७६ जनाको रहेका छन । हिमाका २हजार १ सय ७६ घरधुरी मध्ये १हजार २सय ९५ घरधुरीमा खानेपानी पुगेको छ।
हिमा – १ बड्की गाउँमा १सय ६६ घरधुरी र देवारगाउँमा १सय१४ घरधुरीमा खानेपानी पुगेको हो। उक्त गाउँपालिका – ३ जोगीवाडामा ८४ घरधुरी र ४ नम्बर वडाको ३सय १७ घरधुरीमा खानेपानी पुगेको छ।
वडा नम्बर ५ बाजागाड गाउँमा १सय २५ घरधुरी र बुअगाउँमा १सय ६२ घरधुरीमा खानेपानी पुगेको हिमा गाउँपालिका जुम्लाका सव इन्जिनियर दर्शन उपाध्यायले बताए । उनका अनुसार वडा नम्बर ६ डाडाबाडा गाउँका ७६ घरधुरी र खलढुंगा गाउँको ९३ घरधुरीमा खानेपानीका धारा पुगेका छन् ।
वडा नम्बर ७ माथिबुडुमा ७४ घरधुरी र ठुलो चिउडी गाउँमा ८३ घरधुरीमा खानेपानीका धारा पुगेको हिमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले बताए । उनले भने यिनै गाउँका हरेक घरधुरीमा खानेपानीका धारा पु¥याउने किर्डाक नेपाल, सुस्वा परियोजना लगायत गैरसरकारी संस्थाको प्राविधिक सहयोग रहेको छ ।
गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीका अनुसार ५० प्रतिशत बढी घरधुरी मा खानेपानी पुगिसकेको र अबको ४ वर्षमा सवै घरधुरीमा खानेपानी पु¥याउने लक्ष्य राखिएको बताए । यहाँका सवै घरधुरी, कार्यालय र विद्यालयमा खानेपानी पु¥याउने योजना अनुसार काम भईरहेको छ । अब हिमाबासीले नदी, खोला, कुला, नाउलाको दुषित पानी खानु पर्ने अबस्थाबाट मुक्ति पाउने छन् ।




तपाईको प्रतिक्रिया