
पूर्ण चौलागाईं,जुम्ला।आर्थिक बर्ष २०७९/२०८० मा जुम्लामा ३१ सयबढी सवारीसाधन ट्राफिक कारबाहीमा परेका छन् ।ट्राफिक नियम बिपरित कार्य गरेको हुँदा सवारीसाधन कारबाहीमा परेका हुन् ।
२ सय ७५ ट्रक /ट्याङ्टरबाट २ लाख ११ हजा ५ सय रुपैयाँ ,२ सय ६५ बस/मिनिबसबाट २ लाख ११ हजुर ५ सय ,४ सय६७ कार,जिप,भ्यानबाट ३ लाख ८३ हजार ,२ सय ७९ ट्याक्टबाट २ लाख ५६ हजुर र ११सय ५९ मोटरसाइकलबाट ९ लाख ५८ हजार रुपैयाँ र मदिरा सेवन गरि सवारी चलाउने १ सय ५० जना सवारी चालकबाट १ लाख ५० हजार गरि जम्मा २६ लाख ५ सय रुपैयाँ राजस्व संकलन गरिएको जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रमुख सरद चौधरीले बताए ।
गत आर्थिक बर्ष २०७८/०७९ मा २ हजार ५ सय १५ सवारीसाधन कारबाहीमा परेका र जम्मा २२ लाख ८२ हजार राजस्व संकलन भएको र यो आर्थिक बर्षमा कारबाहीमा पर्ने सवारीसाधनमा संख्यामा वृद्धि भएको प्रमुख चौधरीले बताए ।
गत आर्थिक बर्ष २०७९/८० मा २५ सवारीसाधन दुर्घटना भएकाेमा ११ जनाले ज्यान गुमाएका थिए । भने ६३ जना घाइते भएका थिए ।
त्यस्तै बितेकाे आव २०७८/०७९ मा ३१ सवारीसाधन दुर्घटनामा परि १० जनाकाे मृत्यु भएकाे थियाे । भने ६६ जना घाइते भएका थिए ।
सवारी दुर्घटनालाई न्यूनीकरण गर्न गत आ.व.मा जिल्लाका विभिन्न स्थानमा गरि ३ सय १६ पटक जनचेतनामूलक कार्यक्रम संचालन गरिएको ट्राफिक प्रमुख चौधरीले बताए ।
जनचेतना मुलक कार्यक्रमले विगतकाे तुलनमा हाल सवारी दुर्घटनाकाे संख्या घट्दै गएका छन् ।




हाम्रो कर्णाली । १६ श्रावण २०८०, मंगलवार १७:२३