जुम्ला ः जुम्लाको तिला गाउँपालिका – १, २ र ८ वडा भित्रका १५५ जना लक्षित वर्गलाई ग्यास चुलो वितरण गरेको छ । गाउँपालिकाको बजेटबाट लक्षित वर्ग अन्तर्गत सो वडाका दलित समुदायलाई आइतवार ग्यास चुलो र सिलिण्डर वितरण गरिएको हो ।
गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाका अनुसार पालिकाको प्रमुख प्रथामिकता भनेको लक्षित वर्गलाई चाहिने सिपमुलक तालिम र उत्पादनमूलकमा जोड्का लागि यो वर्षबाट नीति तथा कार्यक्रमबाट विशेष बजेटको व्यवस्थापन समेत गरेका छौँ । उपाध्यक्ष बुढाले भनिन्, ग्यासको सहि सदुपयोग गर्नेे महत्त्वपूर्ण जिम्मेवारी रहेको छ । अर्को पटक अरु वडाका लक्षित वर्गलाई त्यस्ता कार्यक्रम समेट्ने लक्ष्य रहेको छ ।
दाउराको धुवाँले गाउँका महिलालाई स्वास्थ्यमा असर समेत पारेको हुन्छ । खाना र खाजा बनाउन सजिलो र सहज हुने भएकोले यहाँका लक्षित वर्ग अन्तर्गतका दलित समुदायलाई ग्यास चुलो र सिलिण्डर प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले बताए । उनले भने आर्थिक बर्ष २०८०–८१को नीति कार्यक्रम र बजेटमा लक्षित वर्गका समुदायको जनहितमा राहत हुने जस्ता कार्यक्रम ल्याएको छ ।
गाउँपालिकाले यहाँका लक्षित वर्गका लागि जनमुखी कार्यक्रम ल्याएकोमा पालिकालाई आगामी बर्षको लागि सहयोगको अपेक्षा समेत राखेको कार्यापालिका सदस्य धन बहादुर नेपालीले बताए । हाम्रो समस्य बुझेर ग्यास चुलो र सिलिण्डर दिएकोमा स्थानीय सरकारले जनताको मर्म र भावना अनुसार काम गरेको छ ।