हिमाको खेतुँ गाउँमा एकघर एकधारा,स्थानीय खुसीे

सागर परियार जुम्ला । हिमा गाउँपालिकाले एकघर एकधारा अभियानलाई प्रथामिकता साथ अघि बढाएको छ । गाउँपालिकाका ७ वटै वडाका सबै बस्तीलाई शुद्ध पानी पानीको पहुँचमा पुराउने उद्देश्यका साथ एकघर एकधारा निर्माणलाई प्रथामिकता दिइएको हो ।

केहि समय अघि बाजागाडा गाउँका १३६ घरधुरीमा एकघर एकधारा पुराएको हिमाले फेरी अर्को बस्तीमा एकघर एकधारा पुराएको छ । बुधबार हिमा गाउँपालिका वडा नंं. ४ को खेतु गाउँमा एक घर एकधारा पुगेको छ ।

करिब २२ घरधुरी रहेको खेतु गाउँमा घरघरै धारा पुराएपछि स्थानीय खुसी भएका छन् । पिउने पानी अभाव झेल्दै आएका खेतु बासीले एकघर एकधारा पुगेसंगै खुसी भएका हुन् ।  बुधबार खेतु गाउँमा एकघर एकधाराको गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले उद्घाटन गरेका हुन् ।

आगामी पाँच वर्ष भित्र हिमाका सबै बस्तीमा शुद्ध पानी पुराउने दृढ लक्ष्यका साथ खानेपानीका क्षेत्रमा निरन्तर काम भईरहेको अध्यक्ष शाहीले बताउनुभयो ।

उहाँले भन्नुभयो,“सरसफाई गर्नु त परै जावस प्रयाप्त पिउने पानी नपाउने,खोलाको पानी बोक्दा बोक्दै समय बित्ने हाम्रो विगतको दुख अब अन्त्य हुने छ । घरघरमा पानी मात्र पुग्ने छैन् । शुद्ध पानी पिउन पाउने नागरिकको संबैधानिक हक समेत कार्यान्वयन हुँदै छ ।”

हिमा गाउँपालिका वडा नं. ४ स्थित जार्जी,सिम्तली,तलिकुडु,खेँतु,सानो च्युउडी र ठुलो च्यउडी गरी ६ वटा गाउँमा पानी पुराउन विगत आव २०७६÷७७ देखि ३ करोड ८७ लाख बढी लागतमा क्रमागत रुपमा आयोजना निर्माण भईरहेको हो । उक्त आयोजनाबाट ६ गाउँका ३ सय ७२ घरधुरी लाभान्वित हुने छन् ।

जसअन्तर्गत बुधबार खेतुँका २२ घरधुरीमा एकघर एकधारा पुगेको हिमा गाउँपालिकाले जानकारी दिएको छ । निर्माण भएका संरचनाको संरक्षण, र दिगो व्यवस्थापनका लागि समेत स्थानीयलाई अपिल गरिएको छ ।




तपाईको प्रतिक्रिया