गिडिखोला घटना ःसम्पर्कविहिन बालिकाको खोज उद्दारमा राज्य अनुदार बनेको भन्दै ध्यानर्कषण

जुम्ला । तातोपानी गाउँपालिका वडा नं. ४ निवासी मुकुन्द नेपाली संग भागेकी बालिका हाल सम्म सम्पर्क विहिन अबस्थामा छन् । गत असार १२ गते नेपाली संग भागेकी १४ वर्षिया बालबालिका हालसम्म अत्तो पत्तो छैन् ।

विहिबार केटी पक्षकाले पत्रकार सम्मेलन मार्फत प्रहरी प्रशासनलाई बालिकाको खोज उद्दारमा तदारुकता देखाउन ध्यानर्कषण गराएका छन् । हुदैँ नभएको जातिय विभेदको मुद्धालाई उठाएर बालिकाको विषय लुकाईको केटी पक्षको दाबी छ । जातीय विभेद हामीबाट भएको छैन् ।

बालिकाकी दिदि नाता पर्ने निशा गिरी भन्छन,“असार १२ गते दिउँसो ४ बजे आमालाई औषधी ल्याउन आएकी बहिनी घर फर्किनन् । एैरेनी चौकी हुदँै जिल्ला प्रहरी कार्यालय पुग्दा बहिनी हराएको नभई विवाह गरेर गएको कुरा थाहा भयो । अहिले सम्म बहिनी परिवारको सम्पर्कमा छैन् । मिडियादेखि राजनीतिक दल,संग संगठन सबै अन्तरजातीय विवाहतिर केन्द्रित हुँदा बालबिवाह र बालिकाका मुद्धा ओझेमा परेको छ । हामीलाई न्याय मरेको अनुभुति भएको छ ।”

बालिकाको गोपनियतालाई समेत ख्याल नगरी मिडियामा आएको समचार प्रति केटी पक्षले आपत्ति जनाएका छन् ।  नेपालको संविधानले २० वर्ष नपुगी विवाह गर्न नपाईने संबैधानिक व्यवस्था र कानुननै स्पष्ट व्यवस्था भएकोले बहिनीको खोज तलास गरी केटालाई बालविवाह विरुद्धको कारबाहि गर्नुपर्नेमा समेत केटी पक्षको माग छ ।

दोषी ठहरिएमा प्रहरी हिरासतमा रहेका भाई हिक्मत गिरीले पनि कानुन अनुसार कारबाहि भोग्नु पर्ने र उमेर नपुगी भगाएर लिने केटालाई समेत बालविवाह गरे बापत कारबाहि हुनुपर्ने जोडदार माग छ ।
१४ वर्षिय बालिका सम्पर्क विहिन भएको १० दिन भईसक्दा पनि परिवार संग सम्पर्क नभएको र जिल्ला प्रहरी कार्यालय र मिडियाबाटै अन्तरजातीय विहे भएको कुरा थाहा पाएका समेत बताएका छन् ।

यदपी,आफ्नो परिवार र समुदायबाट कानुनलेनै निषेध गरेको जातीय विभेद नभएको केटी पक्षले जिकिर गरेका छन् । बहिनी भगाएै भोकमा आगो लगाएको भन्ने कुरा आएकोले दोषी ठहरीले आफ्नै भाई कारबाहिको भागेदार हुनुपर्ने दिदि निशा गिरीले उल्लेख गरिन् ।

सबै संयन्त्र अन्तरजातीय विवाह केन्द्रित भएपछि बालिका ओझेलमा परेकी छन् । सम्पर्क विहिन भएको १० दिन भईसक्दा पनि अत्तोपत्तो छैन् । खोज उद्दारमा प्रहरी प्रशासनले समेत ध्यान दिएको छैन् ।

त्यसैले छिटो भन्दा छिटो खोज तलास गरी बालविवाह गर्ने र घर आगो लगाउनेलाई कानुन अनुसार कारबाहि हुनु पर्नेमा जोड दिएका छन् ।
त्यस्तै बालिका भगाउने केटाका दाई  नाता पर्ने भरत नेपालीले आफ्नो वटा केटी पक्षको दोषी उम्काउने र बचाउने पक्षमा आफु नरहेको बताएका छन् ।

आफ्नो भाई पनि हाल सम्म परिवारका कसैसंग सम्पर्कमा नरहेकोले खोज उद्दार गर्न प्रहरी प्रशासनलाई उनले माग गरेका छन् । बालबिवाह भए,कानुन अनुसार जाने बाटो प्रशस्त हुँदा हुदैँ, भाईले केटी भगाउनु गलत हो, नियन्त्रणमा लिएर कानुन अनुसार कारबाहि हुनुपर्छ भन्दा भन्दै गलत मानसिकता जातिय कुरालाई जोडेर केटीका दाईले घर जलाएपछि घटनाले अर्को मोड लिएको हुँदा किटानी दिएका व्यक्ति र भागेका केटाकेटीलाई नियन्त्रणमा लिई कानुन अनुसार कारबाहि गर्नुपर्नेमा भरतको जोेड छ । उनका अनुसार सम्पर्क विहिन किशोर पनि १९ वर्षीय रहेका छन् ।




तपाईको प्रतिक्रिया