सिंजामा पोषण र सरसफाई सम्बन्धी अन्तरक्रिया


जुम्ला ः सिंजा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा पालिका स्तरीय दुई वर्ष मुनिका बालबालिकाहरुलाई पोषण र सरसफाई सम्बन्धी प्रतिस्पार्धा तथा अन्तरक्रिया कार्यक्रम आईतबार सम्पन्न गरेको छ । यहाँका सुनौलो हजार दिनका २२ जना आमाहरुलाई पोषण र सरसफाईबारे जानकारी दिने उद्देश्यले उक्त अन्तरक्रिया कार्यक्रम गरेको स्वास्थ्य शाखाका प्रमुख ललित रोकायाले बताए ।
स्वास्थ्य संस्थामा नियमित गर्भ आठ पटकसम्म जाँच गरेका महिला, बर्थिङ सेन्टरमा सुत्केरी भएका, चार पटकसम्म सुत्केरी जाँच गरेका, बच्चालाई नियमित खोप लगाउने, महिना महिनामा वृद्धि अनुगमन गरेको र सरसफाई सेसनमा सहभागी भएका आमाहरुलाई कोशेली समेत वितरण गरेको स्वास्थ्य शाखाका प्रमुख रोकायाको भनाई छ ।
स्वास्थ्य क्षेत्रलाई विशेष प्रथामिकतामा राखेर पालिकाले काम गरेको उपाध्यक्ष सीतली रोकयाले जानकारी दिइन् । सिंजाका ग्रमिण भेगमा पर्ने स्वास्थ्य संस्थालाई सुधार गरी विज्ञ स्वास्थ्यकर्मीबाट सेवा प्रवाह गर्नेदेखि स्वास्थ्य चौकीमा केही समस्या भए दुक्क रुपमा राख्न उपाध्यक्ष रोकायाले यहाँका स्थानीय महिलालाई आग्रह गरिन् ।
आगामी वर्ष २०८०।८१ को नीति तथा कार्यक्रमा स्वास्थ्य शाखालाई आवश्यक बजेटको व्यस्थापन गरी सिंजाका सबै स्वास्थ्य संस्थाबाट गुणस्तरीय सेवा दिइने सिंजा गाउँपालिका अध्यक्षा पूर्णप्रसाद धितालको भनाइ छ । स्वास्थ्यर्मीलाई तालिमबाट दक्ष बनाई र सिंजाका नागरिकको स्वास्थ्यमा सहज पहुँच पु¥याउनका लागि नराकोट स्वास्थ्य चौकीलाई थप स्तरवृद्धि गरि दश शैयाको सुविधा सम्पन्न अस्पताल निर्माणमा पालिका जुटेको अध्यक्ष धितालले बताए । स्वास्थ्य शाखाबाट दिएको दुईदिने तालिमबाट सिकेको कुरा गाउँमा अरु महिलालाई सिकाउन आफुलाई मद्दत गरेको छ । अझै त्यस्ता तालिम यहाँका महिलालाई अति आवश्यक रहेको सिंजा गाउँपाकिला – १ का सथानीय महिला कालिका चौलागाईले बताइन् ।




तपाईको प्रतिक्रिया