७२ बर्षको ईतिहास बोकेको नेपाली कांग्रेस, ३० बर्ष देखि कम्युनिष्टको नाममा प्रचारित नेकपा ऐमाले १७÷१८ बर्ष देखि क्रातिकारी, नारा र आर्दश बोकेको नेकपा माओवादी केन्द्र, ७३.७४ बर्ष देखि स्थिपित साना ठुला कम्युनिष्ट, समाजवादी दल र १४–१५ यताका मधेशवादी सत्ताधारी शिर्षदलहरुको नेता कार्यकर्ताहरु सघिय लोकतान्त्रिक गणतन्त्र वाहालीको ÷१७ बर्षेम १७ सरकार र १७ वटा प्रद्यान मन्त्री भए।,सरकारमा सामेल भए,भई रहेका छन् ।विशेष गरि दलहरु नेपाली कांग्रेस,नेकपा एमाले माओवादी दलका नेता कार्यकर्ताहरु विभिन्न काण्ड र अनियमितता तथा कु. कार्यमा चर्चामा आउने र एक आपसमा रोध प्रतिरोध अर्थात आरोप प्रतिआरोपमा गर्ने गराउने ,अनि पोल खोला खालमा छिटै सहमती वा ढाक छोप गर्न गराउन खप्पीस छन् ।
नेपालमा लोकतान्त्रीक तथा गणतन्त्रका केलेबरमा उदाएकाक यि शिषृ दलहरु र यस्का नेता तथा कार्यकर्ताहरु यति छोटो नेपाली जनताको नजरमा आलोचित तथा धृणाका पात्र मात्र भएका छैनन् । यीनीहरुको आफनै निहित विचौलीयपन र भ्रष्टीकरणका कारणले आफुहरु राष्टिय अन्तराष्टिय रुपमा बदनाम भए भए , गनाए किन ? के यी दलका नेता तथा कार्यकर्ताहरु गरिवी भएर हे या यीनीहरुको चरित्र वा स्वाभाव यस्तै हो अर्थात सत्ता र शत्तिको उन्माद हो । के यीनीहरुको कमजारीको फाईदा देशि विदेश शक्तिहरुले प्रयोग गरेको हो या साच्चै संसदीय दलिय पद्धति खराव हो ? यस विषयमा अब घोत्लीनै पर्ने भयो तर यस विषयमा अध्ययन गदै गरोला अनि युग,समय र अवस्थाले यो पद्धती र यसका शासकहरुको छिनोफानो एक दिन लगाउला नै ?यति छिटो सुनौलो,नयाँ नेपाल,सुखी ,सुखी समृद्ध नेपाल बनाउने सपना र नयाँ जोश र जागर बोकेमा यी दलहरु प्रति आम नेपाली जनताको नजरमा आक्रोशण र घृणाका पात्रहरु बने किन? गम्भिर प्रश्न यहाँ उठदै छ । अब दलहरु असफल भए,हिजो लोकतन्त्र र गणतन्त्र ल्याउन नेतृत्व गरेका ७ दल र नेकपा माओवादीहरु किन यस्तो आलोचना र धृणाका पात्रहरु बन्दैन,अनि एक आपस मै गामी,प्रतिगामी,राष्टवादी अराष्टवादी, अग्रगमनकारी,अग्रगमन विरोधी,त्यही भ्रष्टाचारी मै भ्रष्टाचारी ,तै ठिक मै ठिक,अनि पोल खोलामा रातारात सहमति विमती किन? यस्ता नाटकहरुको मञ्चन किन भई रहको छ ,काले काले मिलेर खौ भाले किन भई रहेको छ । अब पनि नेपाली र ईमान्दार तथा सच्चा लोकतन्त्र र गणतन्त्रका पहेरेदार ,हिमायती नागरिक र नागरिक व्यक्तित्व एवम् सच्चा वद्धिविवीहरु चनाखो हुन पर्याे,यीनीहरुका स्वार्थ , शत्ति सघंर्षका कारण तमाम नेपाली जनताको त्याग,बलीदान र आहुतीले आर्जेको यो लोकतन्त्र र गणतन्त्र मासिन दिनु भएन,अब अठौ जागौ ,लागौ,त्यसैले बाटती खेत गर्नेहरुको बारबन्दज बलीयो बनाऔ है ।
म पक्तिकार पनि एउटा पार्टीको जिम्मेवार दलका जिम्मेवार कार्यकर्ताको हैशियतले मलाई पनि आजभोली दलका नेताहरुको कथनी र करणीमा फरकपना र दिन प्रतिदिन यिनीहरको जिवनशैलीमा आएको बदलाव, टामटुमे भाषा,शैली गैरजिम्मेवारीपुर्ण अभिव्यक्ती र कार्य आदि काईते भाषा,व्यवहार , अनि उनीहरु प्रति गरिनु पर्ने चाकरी,गुलामी, देवत्वको हद र सिमा देखीले आफुलाई नै दिक्दार लागेर आउन्छ ।
उनीहरुका अघि पछि लागेका कामचोर कार्यकर्ता,नारदवादी चरित्र बोकेका ,नेताहरु, गुटउप गुट बनाउने,सानो तिना स्वार्थ ,लोभम दाँया बाँया गर्ने दोस्रा,तेसा्र नेताहरु देखी झन नफ्रत जागेर आउन्छ । बाहिरी के कुरा गर्ने शिर्षहरुको क्षणिक स्वार्थमा सानै स्वार्थ पाए,आश्वासन पाए दाँया बाँया गर्ने पिछलग्गु एवम् खोक्रा आर्दशवादी व्यवहारले गर्दा आफैलाई शिर्ष नेतादेखि धृणा जाँगर आएको साच्चै भएको छ । । तर यस्तो चरित्रको हालीमुहाली देख्दा कतौ पुँजीवादी वस्र्चको विकास हुदै पुँजीवाद वा ससदिय व्यवस्था पतनउन्मुख तिर लाख्दै छ की ्? भन्ने लागि रहेको छ ।पुँजीवादी व्यवस्थाको विकास र यसको अन्त्यमा यस्तै यस्तै व्यवहार र चरित्र देखा पर्दछन् हो क्या हो ? तर यसमा पनि पार्टी र नेतृत्वको चरित्र पतनउन्मुख नहुन पर्ने हो चिन्ता मेरो त्यस तर्फ हो ।त्यसैले यसबारे केही भन्नु नै पर्छ,लेख्नु नै पर्छ मेरो तर्फबाट भनेरै यो आलेख सकि नसकि,मिलास,नमिलोस तयार गरि पाठक समक्ष पस्किन गई रहेकोछु । यो आलेखमा कतौ आका्रेश छ त,कतै सुझाव र कतै आलोचना । यो आलेखमा सरकार र शक्तिमा बसेर रमाई रहेकाहरुले नकारात्मक रुपमा लिने छन भने प्रतिपक्ष वा सरकार र शक्ति उपयोग गर्ने नपाएकाहरुले यसलाई सकारात्मक हो भनेर ठान्नेछन् । कुरा केहो ? भने मित्रले कमिकमजोरी देखाउदै आफनालाई सुधार तिर लैजान्छ भने खास विरोधीले कमि कमजोरीलाई ढाकछोप गरेर फुुल्याई फलाई विगार गर्दछन् । यही नै यस आलेखको मुख्य गुण हो । यो आलेखलाई जसले जसरी बुझनेछ,त्यसै गरि भोलीका दिनहरुमा मेरो व्यवहार अगाडि बढनेछ ।
दलहरु प्रति गाउँ गाउँमा जनताको बर्तमान बुझाई र धारण के छ त ? सक्षेपमा यहाँ उल्लेख गर्दछु ः गाउँ ठाउँमा सगठनको क्रममा जनसम्पर्क गर्न जादाँ म स्वयम् आलोचित हुने गरेको छु । जनता अहिले दलहरु प्रति प्रश्न गर्दछन् ,गाउँ ठाउँमा आउने सबै दलका कुरा र उनीहरुका निति तथा सिद्धान्त सुन्दा राम्रै लाग्छ भन्छन् , तर ति दलहरुका नेता तथा कार्यकर्ताहरु कुनै शक्ति र सरकारमा गए पछि ती सबै दलका प्रधानमन्त्र,ी मन्त्री, नेता तथा कार्यकर्ताको व्यवहार र कार्यशैली बदलिएको देख्दा जनता भन्दछन् हामीहरुलाई यस्ता सर्पले काँचुली फेरे जस्तै गर्ने दलहरु प्रति विश्वाश छैन भन्दछन् । उनीहरुको कथनी र करणीमा फरक छ । उनीहरुका भनाई र गराई प्रति विश्वास गर्न नसकिने ठोकुवा गर्दछन् जनताहरु । उनीहरु भन्छन् हामी आ– आफनो काम र कर्म प्रति विश्वास गछौ । नेपाली दल, तिनका नेता कार्यकर्ता र मन्त्रीहरु प्रति विश्वास नरहेको कुरा बताउन्छ गाउँ गाउँका जनताहरु । उनीहरु भन्दछन् जो जागी आए पनि कानै चिरेका” अर्थात यी दलको नेता तथा कार्यकर्ताहरु मुखमा राम राम बगालीमा च्छुरा गर्छन”् । त्यसैले दलहरुको लोभलाच पुर्ण गफ,आश्वाशन र भाषणले हामी गाउँलेका पेट भरिदैन ,त्यसैले हामीलाई आफनो काम र कर्म प्रति विश्वाश छ । तर दलहरु प्रति छैन भन्ने प्रतिक्रिया नेपाली जनमानसमा अहिले व्याप्त छ । उनीहरु भन्ने गर्छन् गाउँ गाउँमा गएका दलका नेताहरुलाई भन्ने गरेको यस्तो पाईयो–मेरो छोरा वा छोरी वेरोजगार छन ,कसैले आइए उत्र्तीण गरेका छन,कसैले स्नातक उत्तीर्ण गरेका छन् कतै काम वा नोकरीमा लगाई दिनु पर्याे । यस्तै यस्तै नेपाली जनताहरुका गाउँ गाउँमा समस्या,प्रस्ताव र मागहरु रहेका छन । जुन दलहरुले ती कुराहरुमा आशवस्त बनाउन सक्छन् क्षणिक रुपमा भए पनि जनताको मन उ तै तानिने गरेको छ । जनतालाई काम,माम र दाम चाहीएको छ । उनीहरुले राजनिति भनेको नै काम,माम र दाम बुुझेका छन् । हो निश्चित रुपमा दल र सरकारहरुको पहिलो काम नै जनताको समस्याहरुको व्यवस्थापन गर्ने निति र कार्यक्रम ल्याएर त्यसको कार्यान्वयन परिणामुखी बनाउने हो । यहाँ अहिले त्यसो नभएर नेपाल र नेपालीको गरिवीको नारा र फोटाहरु बेचेर नेपाली जनतालाई भुलभुलैयामा पार्ने गरिवीलाई बेचेर विदेशी डलरको खेती गरेर त्यसबाट आएको रकम केही मात्रामा आ–आफना कार्यकर्ता प्रभावित क्षेत्रमा छानी छानी रकम लगानी गर्ने ,त्यसमा पनि तल देखि माथिसम्म सेटिङ मिलाएर आफनो दुनो सोझयाउने काम भएको छ । गाउँ गाउँमा विकासको रकम लगानी गर्नुृ पुर्व गुटउप गुट छुट्टाएर रकमको योजना बन्ने गरेको छ ।अहिले भ्रष्टाचार तलदेखि माथिसम्म मौलाएको छ । यसको नियन्त्रण भन्दा सरक्षण गर्नेहरुको सख्या बढी छ ।
शिर्षदलहरुको कमजोरीहरुः
नेपालमा लोकतन्त्र आए पछि जनताले थाहा पाउने गरि माथिल्लो जलविधुत आयोजनादेखि बुढीगण्डकी विधुत आयोजना,एनसेल करछली प्रकरण,वाईडवडी प्रकरण, नेपाल आयल निगम भ्रष्टाचार प्रकरण,३३ किलो सुनकाण्ड,फोर जी टेलिकम प्रकरण,माओवादी सेना समायोजन गर्दा क्यानटोनमेनमा भएको लडाकुहरुको नाममा करोडौ तलमाथि गरेर ठगी गरेको,अहिले आएर नक्कली भुटानी शरर्णार्थि प्रकरणमा कराडौं शिर्ष दलका शिर्ष नेताहरु मचिएर अभियोग दायर भएको ,पुशपतीको सुन जलहरी प्रकरण, प्रकृया नपुराई प्रमाणीकरण गरिएको नागरिकता विद्येयक जस्ता दर्जनौ दर्जन अनियमितता,कानुन विपरित कार्यले शुसाशन तोडेर दण्डहिनता मुलुकमा बढाएका छन् ।
माथि उल्लेखित काण्ड र भ्रष्टाचारहरु नेकपा र लोकतान्त्रिक बामगठबन्धन नामको सरकारको पालामा भएका छन ।अहिले १० दलिय गबन्धनको सरकारका पालामा भ्रष्टाचारका फाईलहरु खोलेर दोषी उपर कारवाही गर्ने प्रचण्ड नेतृत्वको सरकारले पहल थलेको छ ।यो सकारात्मक पक्ष हुदा हुदै पशुपतिको सन जलहरी काण्ड अगाडी आउदा नेकपा ऐमालेले चालु बर्ष ससद अवरोध गरे पछि त्यो प्रकरण शिर्ष तीन दल माओवादी, नेपाली काग्रेस र नेकपा ऐमालेको सहमतीमा त्योकाण्ड शिथिल बनाईएको छ । त्यस्तै गरि नक्कली भुटानी शरार्णाथी प्रकरणमा अदालत समक्ष बयाँन गर्ने क्रममा नेकपा एमाले र माओवादी अध्यक्ष प्रचण्डको नाममा समेत मुचिन थाले पछि यो प्रकरणमा पनि शिथिलता आउन थालेको छ । यसरी यी शिर्ष दलका शिर्ष नेताहरु विभिन्न काण्ड र भ्रष्टाचारमा मुचिन थाले पछि आफै बोक्सी आफै धामी सावित हुन थालेका छन् ।
पहिले पहिले (२०१६ साल तिरं) नेपाली काग्रेसले कोशी गण्डकी बेच्योे, २०४७ तिर महाकाली बेच्यो, लाउडा धमिजा काण्डले बदनाम कमाएको कांगे्रसबाट नेपाली जनता तर्सने गथ्र्ये ,कसैलाई गाली गर्दा तेरा घरमा कागे्रस पसोस भन्थ्ये । आजभोली पनि नेकपा नाम गरेका एमाले र माओवादी देखि पनि नेपाली जनता तर्सित हुन थालेका छन् ।पञ्चायत कालमा भुमिगत गिरोह (शरदजङ शाह) को समुह देखि र पोखरामा भएको नविता सुनिता हत्याकाण्ड आदिले जसरी पञ्चायती व्यवस्था बदनाम भएको थियो । नेकपाको गणतान्त्रिक सरकार कैलालीको निर्मला पन्तलाई बलत्कार पछि हत्या गरेको काण्डले त्यस वेलाको एृमालेको सरकार पनि हत्यारा पत्ता लगाउन नसकेर बदनाम भएको छ । त्यस्तै गरि जुम्ला २०७५ साल श्रावण २० गते सदरमुकाम खलङ्गा चन्दननाथ–५ जुगाड खाला नजिक रहेको सनलाईट होटलमा राती ८.४५ मा हत्या होटलको दक्षिण नाङ्गै फालिएका पुर्व नयाँ शक्ति पार्टीका सयोजक राधाकृष्ण बुडुथापाका थप हत्याराहरु पक्राउ गर्न नसकेर यो सरकार हत्यारा भन्दा कमजोर भएको प्रमाणित भएको छ । त्यस्तै मुलुकमा दर्जनौ बलत्कार ,हत्याहिसा भएका छन ,लुटपात भएका छन् । सरकारले उनीहरुलाई कारवाही गर्न नसकेका विषयहरु आम सञ्चार माध्यममा आएका छन । लोकतान्त्रिक तथा गणतान्त्रिक सरकारका नयाँ नेपालका निर्माताहरुलाई७३ अर्ब एनसेल काण्डदेखी न्युनतम् नक्कली भुटानी शरणर्थी प्रकरण एक ढेड करोड काण्डमासम्ममा शिर्षहरुलाई आरोप लागेको छ । स्वयम् आफनै लगानीले सम्पन्न गर्न सकिने राष्ट्रिय गौरवको जलविधुत आयोजना सार्वजनिक खरिद एने,२०६३ अनुसार प्रतिस्पर्धा नगराई सरकारले कालो सुचीमा परेको चिनिया गेजुवा कम्पनीलाई जिम्मा लगाई अरबौ खरवौ आर्थिक अनियमितता गर्नुु, एनसेल कम्पनीले नेपाललाई झण्डै ७२÷७३ अरब कर नबुझाउनु,त्यसमा शिर्ष दलका नेता एमाले र माओवादीका नेताहरुले त्यो कम्पनीबाट चुनावी सहयोग स्वरप पैसा असुली गरेको विषय सामाजिक सञ्जालमा आउनु, त्यसको कुनै औपाचारिक खण्डन नहुनु,३३ कीलो सुन काण्ड त्यसै सेलाउनु,वाईडवडी विमान खरिद प्रकरणमा झण्डै ५ अरबै २५ करोड हिनामिना भएको कुरा बाहिर आए पनि त्यो अहिले कारवाहीको चर्चामा नहुनु यस्तै दर्जन भन्दा बढी काण्ड र अनियमितता यो नेकपाक नेतृत्वमा बनेको सरकार र यो सरकार पालामा भएको व्यापक चर्चा र गुनासा बढेका काण्ड उपर कारवाहीमा तिब्रता बढाउनु पर्नेमा यो सरकार सन्तुलन मिलाएर वा आफु बच्ने गरि कारवाही शुरु गरि रहेको छ । जसले गर्दा यी शिर्ष दलहरु थप बदना हुन गई रहेका छन् । यति मात्रै होईन ,नेकपाको अध्यक्ष तथा जनयुद्धका कमाण्डर पुष्पकमल दाहाल प्रचण्डको नाममा ४० करोडको हाराहारीमा स्वीच बैकमा पैसा थुपारिएको समाचार सामाजिक सञ्जालमा आयो ,त्यसको पनि कुनै लेखाजाखा भएन ,त्यस्तै गरि जनयुद्धका सहकमाण्डर उदय बहादुर चलाउनेले क्यान्टोनमेनमा राखिएका सेनाको नाममा सरकारबाट जाने रकममा झण्डै ५०÷६० करोडसम्म कटौती गरि प्रचण्डद्धारा अनियमितता गरियो भनीएकोछ ,त्यसको पनि लेखाजोखा भएन ।त्यस्तै गरि क्यानटोनमेनमा रहेका सेनाको हतियार विदेशी खुवियाँहरुलाई विक्रि गरेर अरबौ अनियमितता गर्न खोजेको कुरा बारम्बार नेसपा पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्का अध्यक्ष प्रचण्ड कामरेडलाई आरोप लगाए,त्यसको पनि कुनै छानविन भएन,न त डाक्टर बाबुरामले छानविन सहितको कारवाही अगाडि बढाउने पहल गरेका छन् । यस्तै आदि ईत्यादि कारणले शिर्ष दलको शिर्ष नेताहरु अनियमितता र भ्रष्टा«चारमा मुछिएका विषयहरु सार्वजनिक हुदाँ पनि उनीहरु माथि छानविन सहित कारवाही नहुनु र उनीहरुको आचरण र व्यवहारमा कुनै सुधार आएको नेपाली जनताले देख्न नपाएर होलो । सबै दल र सबै नेकपाहरुलाई अविश्वास जनताले बढाएका छन । त्यसैले २÷३ जना नेता र दलहरुको गल्तीले नेपालको सिङ्गो राजनिति क्षेत्र दुर्धतित बनेको छ । यीनीहरुको कार्यव्यवहारले अरु दल र नेता कार्यकर्ताहरुले अगाडि बढनबाट बञ्चित हुने अवस्था अहिले सृर्जना भएको छ ।
कम्युनिष्ट पार्टीका ७२ औ बर्षगाठमा नेताले के गर्नु पर्ने थियो ः
नेपाल कम्युनिष्ट पार्टीले ७० बर्ष काटेकोेछ । नेपालमा कम्युनिष्ट विचार परिपक्क,व्यवहारिक ,अनुशासित ,नैतिकमान, क्रान्तिकारी ,समय उपयोगी ,आत्मनिष्ट र वस्तुनिष्ट हुनु पर्नेमा नेकपा नाम गरेका शिर्ष नेताहरुको काम कुरो एकातिर कुम्लो बोकिठिमि तिर जस्तो कार्यव्यवहारले सबै भन्दा बढी बदनाम भएको छ । कम्युनिष्ट आर्दश,व्यवहार,कार्यशैली र व्यवहार न त होची मिन्हको कान्तिकारी नैतिकतासँग मिल्छ न त माओका ८ सिद्धान्तहरुसँग मिल्छ । यो वर्तमान कम्युनिष्ट नाम गरेको नेकपाको सरकार भ्रष्टा«चार,हत्या हिन्साले लतपतियो । राष्ट्र माथि ठगी,लुटपाट, करछली,कमिशन लगायता काण्डै काण्डले रगिएको यो नेकपा नामको सरकार ।यसका अध्यक्ष कामरेड्हरु ओली र प्रचण्ड कामरेड्ले कम्युनिष्ट पार्टीको ७३ औ बर्षगाठमा आत्मआलोचना गदै आ–आफना कमिकमजोरी सच्याउनु पर्नेमा अझै जनताका सघर्ष,वलिदान,त्याग,तपस्याबाट प्राप्त उपलब्धीलाई ठुलै स्वरमा आफना उपलब्धी ठानेर सामाजिक सञ्जालमा लाजै नमानी उपलब्धीको बखान गरेको देख्दा सामाजिक सञ्जालमा विरोधको ओहिरो आई रहेको छ । तर पनि उनीहरुलाई रत्तिभर सरम लागेको छैन । मैले यी नेताहरुलाई शिर्ष पार्टी नेता भनेर यो आलेख तयार गरि रहेको छु, तर सामाजिक सञ्जालमा फेसबुककर्ताले भए नभएका गाली र लान्छनाहरु लगाउदै लाल गद्धारसम्म भन्न पछि परेका छैनन ।पहिले पहिले अझ भन्ने हो भने नेकपा पार्टी कै प्रबक्ता नारायणकाजी श्रेष्ठले ओली र दाहाल कामरेड्लाई लोकतान्त्रिक तानाशाहा भनेर सामाजिक सञ्जाल रङ्गाए,भिम रावलले सामाजिक सञ्चालमा नेपालका गद्धारहरुलाई ठिक गर्न दुई चारजना नाथुराम जम्मनु पर्ने अभिव्यक्ति दिए । तर पनि हाम्रो लाल कामरेड्हरु सुन नसुने झै गरि राख्नु भा छ । म पक्तिकारलाई आजभोली के लागी रहेको छ भने बहुमतको कम्यूनिष्टको सरकार छ ।यसले कमसेकम गरिखाने वर्गको हितमा बोल्छ र प्रारम्भिक कार्यनिती ल्याएर पँुजीवादको विर्षजन तर्फ मुलुकको कार्यहिशा बन्नेछ कि भन्ने लागेको थियो ।तर परिणाम उल्टै उल्टो देखा परे पछि नेपालमा कम्युनिष्टको बदनाम र पतन गराउन कामरेड् ओली र प्रचण्ड कतौ उपयोग गरिएको त छैन् भन्ने बढी चिन्ता मलाई लोगेको छ । नेपाली जनताले रगतको बगाएर ल्याएको लोकतन्त्र आज आन्दोलन कै सहयात्री पार्टीका नेता तथा कार्यकर्ताहरुबाट बदनामी कमाएको व्यापक दुर्गध जनमासमा फैलिए पछि आन्दोलनको सिपाही र कम्युनिष्ट विचारको समर्थकको हैशियतले बढो चिन्ताका साथ यो आलेख तयार गरिएको हो । यो आलेक कसैको विरोध र समर्थनमा तयार गरिएको हैन ।केवल मुलुकमा घटित घटनामा आधारित भएर समिक्षा गर्ने पनि तयार गरिएको हो । म पक्तिकार व्यक्तिगत स्वार्थ भन्दा सामुहिक स्वार्थमा सधै प्रतिपक्षमा बसेर राजनिति गर्ने वानी भएकोले नै यो यस्ता आलेख तयार गर्द छ ।
ईज्जत जोगाउने बेसहोला ः
मुलुकमा भित्रिएको वैदेशिक हस्तक्षेप,बढदो भ्रष्ट्राचार, कमिशनतन्त्र, लुटपात, करछली, विभिन्न आर्थिक अनियमितता सम्बन्धीत काण्ड गर्नेहरु माथि छानविन र कारवाही, निर्मला र राकृष्ण हत्या काण्डका दोषी माथि कारवाही, विप्लव पार्टी माथिको प्रतिबन्ध फुकुवा लगायत तमाम बेथिति, राजनैतिक सस्कार,मुल्य मान्यता विपरित सम्पुर्ण कार्यहरु बन्द गदै वास्तविक रुपमा सम्पुर्ण दलहरुको राय सल्लाह अनुसार कार्ययोजना बनाई आर्थिक विकास र समृद्धिको लागि यो नेकपाको सरकार अगाडि बढेमा मात्र नेताहरुको मान सम्मान र ईज्जत बढने छ । शक्ति र सरकारको आड्मा जति मौलाए पनि त्यो क्षणिक हुन्छ । त्यसैले भोलीका दिनहरुमा जनताले पुनः मुुल्याङकन गर्ने गरि अगाडि बढौ भन्ने यि शिर्ष दल, सरकार र नेतृत्वलाई मेरो सुझाव सल्लाह छ । नत्र भन्न सकिदैन ? अनिष्ट कती खेर बढने हो र सबैका भागा भाग हुने हो ? समय मै होस गरौ ,आरोप प्रतिआरोप,ढाक छोप नगरोै। जति गरे पनि पाप एक दिन धुरीबाट कराई नै छाड्ने छ । समय मै तःतः पार्टीमा रहेका वुद्धिजिवीहरुले समय मै आ–आफनो दल र शिर्षहरुलाई सल्लाह देऊ । निरो कराई रहेको छ, रोम जली रहको छ, नहोस ।।।।।।। धन्यवाद ।
लेखकः पेशाले अधिवक्ता तथा पत्रकार हुनु हून्छ ।
मो. नः ९८७६८६८७८७