पदाधिकारी टुंगो लगाउन बस्दै माओवादी केन्द्रको बैठक

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ । बैठकले पदाधिकारीको टुंगो लगाउने बताइएको छ ।

हिजो बसेको बैठकले पदाधिकारी छनोट गर्ने बताइए पनि सो विषय यथावत रहेपछि आज पुनः बैठक बस्न लागेको हो ।

प्रवक्ता कृष्णबहादुर महराका अनुसार आज दिउँसो १ बजे बैठक बस्ने छ । पदाधिकारीको संख्यालगायत विषय बैठकले टुंगो लगाउने उनले बताए ।

माओवादीले महाधिवेशन सकिएको लामो समयसम्म पार्टीले पदाधिकारी चुन्न सकेको छैन । पदाधिकारीको विषय अहिले भने अन्तिम चरणमा पुगेको नेताहरु बताउँछन् । महासचिव को हुने भन्ने विषय अझै अर्णीत छ । महासचिव कसलाई बनाउने भन्ने विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्णय लिन सकेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...