यस्तो देखियो ‘प्रेमगीत–३’को दोस्रो नेपाली र हिन्दी टिजर

काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रेमगीत–३’ को दोस्रो नेपाली र हिन्दी टिजर सार्वजनिक गरिएको छ ।

दोस्रो टिजरमा अभिनेता मनिष राउतलाई खलपात्रका रुपमा स्थान दिइएको छ । साथमा शिव श्रेष्ठलाई पनि देखाइएको छ ।

असोज ७ गते रिलिज हुने चलचित्रको ट्रेलर सेप्टेम्बर १ मा रिलिज हुने निर्माण पक्षले जनाएको छ । चलचित्र नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने निर्माता सन्तोष सेनले बताएका छन् ।

सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेको चलचित्रमा प्रदीप खड्का, मनिष राउत, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, अनुभव रेग्मी, सुनील थापालगायत कलाकारको अभिनय छ ।

‘प्रेमगीत–३’ हिन्दीमा डबिङ गरेर भारतमा थिएटरमा रिलिज हुन लागेको पहिलो नेपाली चलचित्र हो ।

प्रतिक्रिया दिनुहोस्

यो पनि हेर्नुहोस्...