किशोर किशोरीलाई जीवन उपयोगी तालिम


सागर परियार, जुम्ला ः तातोपानी गाउँपालिका महिला तथा बालबालिका शाखा जुम्लाले किशोर किशोरीलाई जीवन उपयोगी तालिम दिईएको छ । आर्थिक रुपमा सक्षम भईसेका, किशोर किशोरीहरुनै गरिबी देखासिकिले बालबिवाहको चंगुलमा परेका छन् । समाज रुपान्तरणका मेरुदण्ड मानिने किशोर किशोरीलाई बालविवाह तथा लागू ओेैषध दुव्यसनि विरुद्द जुट्न उत्पादनसंग जोड्ने नीतिमा जुम्लाको तातोपानी गाउँपालिकाले प्रथामिकता दिने भएको छ ।
तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले पालिकाभरका किशोर किशोरीलाई उधमशीलतासंग जोड्न्, उत्पादनमुखि कार्यमा संलग्न गराउन नीतिमै समाबेश गरि कार्यक्रम संचालन गरिने बताए ।
गरिबि अशिक्षाले बढेको बालबिवाह रोक्न उमशिलता विकासनै पहिलो प्रथामिकता हो । तातोपानीको महिला तथा बालबालिका शाखाबाट आयोजित किशोर किशोरीहरुका लागि पाँच दिने जीवन उपयोगी सिप सम्बन्धि तालिमको समापन गर्दै अध्यक्ष चौलागाईले भने, “सामाजिक कुरुति अन्त्य, उत्पादनमा किशोर किशोरीको सक्रियता र समाज रुपान्तरणमा अग्रसर हुन जीवन उपयोगी सिप तालिमले प्रेरित गरेको छ । पालिकाले पनि किशोर किशोरीको क्षामता विकासमा जोड दिईने छ ।“
सामाजिक कुरुति विरुद्द अभियान समेत चलाईने छ । भने पाँच वर्षभित्र तातोपानीलाई बालबिवाह मुक्त घोषणा गर्ने समेत योजना रहेको छ । जसअन्तर्गत बालबिवाह न्युनिकरणको पन्चवर्षिय रणनितिक योजना समेत तयार भईसकेको छ । वडा नम्बर ५ बाट बालबिवाह मुक्त अभियान थालिने छ ।
सामाजिक कुसंस्कारको अन्त्य नगरी उत्पादनसंग यूवालाई नजोडि समृद्ध पालिका निर्माण सम्भव छैन् । तातोपानीकी उपाध्यक्ष रेवती रावलले यूवा उधमशीलतामा पालिकाको पहिलो जोड रहेको बताइन् ।
पछिल्लो समयमा प्रविधिको दुरुपयोगले किशोर किशोरी कुलतमा फसेका छन् । उनले भनिन्, “बाल विवाह लागू ओेैषध दुव्र्यसनिलाई न्युनिकरण गर्न उधमशीलता विकासमा पालिकाले जोड दिने छ । त्यसका लागि किशोर किशोरी सामाजिक कुरिति विरुद्ध उत्रिनु पर्दछ । यूवा उमशीलतासंगै जेहेन्दार यूवाहरुलाई शिक्षा स्वास्थ्य रोजगारका अबसर सृजना हुने नीति बनाईने छ ।
गाउँमा विधमान कुरिति विरुद्द किशोर किशोरी जुटुन र उधमशीलतामा सक्रिय हुन भन्ने उदेश्यले जीवन उपभोगी सिपबारे ५ दिने तालिमको आयोजना गरिएको तातोपानीका महिला तथा बालबालिका शाखा प्रमुख शान्ति सेजुवालले बताइन् । उनका अनुसार ५ दिनको अवधिमा तातोपानी वडा नं १, ५ र ६ का किशोर किशोरीलाई बालबिवाह, लागू ओेैषध दुव्र्यसनि अन्त्य, उमशीलताको विकास, समाज रुपान्तरणका आयाम, बालबिवाह लागू ओेैषध प्रयोगले पार्ने असर लगायतका विषयमा सिकाईएको छ ।




तपाईको प्रतिक्रिया