तातोपानी–४ मा सन्देशमुलक सडक नाटक प्रर्दशन


जुम्ला ः तातोपानी गाउँपालिका वडा नं. ४ मा बालबिवाह र लागु औषध दुव्र्यसनी विरुद्ध सडक नाटक प्रर्दशन अभियान थालिएको छ ।
गरिबी, देखासिकी, अशिक्षा तथा प्राविधिको दुरुपयोगले बढ्दो बालबिवाह तथा सडकको विकाससंगै भित्रिएको लागु औषध दुव्र्यसनी रोकथाम तथा नियन्त्रणका लागि जनचेतना मुलक सडक नाटक प्रर्दशन अभियान थालिएको हो ।
तातोपानी गाउँपालिका – ४ नियापानी, गिडीखोला, हाँकु, गौतमबाडा र जैतपुर गाउँका नागरिकको संयुक्त उपस्थितिमा सडक नाटक प्रर्दशन गरिएको छ । नाटकका माध्यमबाट नागरिकले बुझ्ने गरी बालबिवाह गर्दा भविश्यमा हुने असर तथा कानुनी दण्ड सजायका बारेमा प्रष्ट पारिएको वडाध्यक्ष अमरबहादुर रोकायाले बताए । उनले भने,“समाजमा बालबिवाह अझै विद्यमान छ । यूवाहरु कुलतमा फस्ने डर उत्तिकै छ । तातोपानीमा बालबिवाह रोक्न पञ्चवर्षिय रणनीतिक योजनानै बनेको छ । तर नागरिकलाई अझै सचेत बनाउन वडाकै आयोजनामा सडक नाटक अभियान थालेका हौँ । यसबाट केहि हतमा बालबिवाह तथा लागुऔषध दुव्र्यसनी रोकिने अपेक्षा गरिएको छ ।”
सडक नाटकमा नागरिकको उत्साहजनक सहभागिता रहन्छ । रमाईलोका साथै जनचेतना पनि प्रदान हुने भएकोले गाउँगाउँमा नाटक देखाउने योजना रहेको वडासचिव टिकाप्रसाद न्यौपाले बताए । उनका अनुसार वडाका अन्य बस्तीमा आगामी बैशाख २ गते सम्म सडक नाटक प्रर्दशन हुने छ ।
नाटक प्रर्दशनको जिम्मेवारी जुम्लाकै स्थानीय हास्य कलाकार पुर्णप्रसाद चौलागाई, मान बहादुर कुँवर, राजकली महत, नवराज नेपाली, अर्जुन महतारा लगायतका कलाकारहरुको सहभागिता रहेको छ ।




तपाईको प्रतिक्रिया