माओवादी निकट जनसांस्कृतिक जिल्ला कार्यसमिति गठन


जुम्ला ः नेकपा माओवादी केन्द्र निकट एकिकृत अखिल नेपाल जनसांस्कृति महासंघको जिल्ला कार्य समिति जुम्लाको अध्यक्षमा उमेश परियार चयन भएका छन् । जनसांस्कृतिक प्रथम भेलाले परियारलाई अध्यक्षमा चयन गरेका हो ।
यस्तै जिल्ला कार्यसमितिको उपाध्यक्षमा पूर्णप्रसाद चौलागाई र रुपसी महतारा, सचिवमा शान्ति शाही, कोषाध्यक्षमा हस्त दमाई र सहसचिवमा पूर्णिमा विक चयन भएको जनाएको छ ।
एकिकृत अखिल नेपाल जनसाँस्कृतिक महासंघको प्रथम भेलाले २५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नरेश भण्डारीले बताए । उनले भने जनसांस्कृति भेलाले बाँजा, हेउडा, मागल र हुड्के समिति पनि गठन भएको छ । पार्टीलाई बलियो बनाउनका निमित्त यस्ता जनवर्गिए संगठनलाई बजबुद गर्ने अभियानमा जुटेका छौँ ।

 




तपाईको प्रतिक्रिया