तातोपानी गाउँपालिका जुम्लाको व्यक्तिगत घटना दर्ता सप्ताह

व्यक्तिगत घटना दर्ता सप्ताह

२०८० बैशाख १ गतेदेखि ७ गतेसम्म देशैभरी व्यक्तिगत घटना दर्ता¬¬ सप्ताह संचालन भैरहेको छ । जन्म, मृत्यु, विवाह, सम्बन्ध बिच्छेद र बसाई सराइजस्ता व्यक्तिगत घटना, घटना घटेको ३५ दिन भित्र आफ्नो स्थायी ठेगाना वा घटना घटेको स्थानको वडा कार्यालयमा गई अनिवार्य रुपमा दर्ता गरौं र गराऔं । विद्मालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, राहदानी बनाउन, नाबालक परिचय पत्र बनाउन, बैंक खाता खोल्न तथा सरकारले दिने अन्य सेवा लिन व्यक्तिगत घटना दर्ता आवश्यक हुने भएकाले अनिवार्य आजै वडा कार्यालय जाऔं ।
व्यक्तिगत घटना दर्ता गराउनु सबै नागरिकको कर्तव्य हो ।
व्यक्तिगत घटना घटेको ३५ दिन भित्र व्यक्तिगत घटना दर्ता गरौं । जिम्मेवार नागरिकको परिचय दिऔं ।

तातोपानी गाउँपालिका
जुम्ला

 




तपाईको प्रतिक्रिया