जुम्ला ः जुम्लामा साहित्यकारहरुको जमघट भएको छ । साहित्य क्षेत्रबाट समाजलाई अघि बढाउनु पर्छ भन्ने हेतुले साहित्यकारहरुको भेला भएको हो ।
शनिवार नेपाल पत्रकार महासंघ शाखा जुम्लाको सभाहलमा युवादेखि अग्रज साहित्यकारको जमघट भएको हो । युवा साहित्यकारको अग्रसरतामा जमघट भएको हो ।
जुम्लाका साहित्यकार परिमल जुम्ली रामकृष्ण बुढ्थापा पुराना अग्रज साहित्यकार हुन् । उनले २०२५ सालदेखि साहित्य सुरु गरेका हुन् ।
साहित्यकार बुढ्थापा भन्छन् जुम्लालाई साहित्यका क्षेत्रबाट देशविदेशमा चिनाउन खोजिए पनि साहित्य वातावरण सिर्जना नहुदा धेरै अगाडी बढ्न नसकिएको हो ।
पहिलेदेखि आजसम्म यहाँका सरोकारवाला निकाय सडक खन्दा मात्रै विकास हुने अनुभुति गर्ने गरिएको उनले बताए । उनले भने साहित्य क्षेत्रलाई अगाडी बढाउनु पर्छ । साहित्य संस्कृतिको विकास गर्नु पर्दछ भन्ने यहाँका सरोकारावालाको चिन्तन र सोच देखिएको छैन ।
जुम्लामा साहित्य सिर्जना मरेको छैन । तर फष्टाउन नसकिएको साहित्यकार यमराज कार्की (बैरागी बाबु) बताए । उनले भने साहित्य सिर्जनाबाट समाजका विसंगति विक्रितीलाई उजागर गर्न सकिन्छ । सरोकारवाला निकायको ध्यानाकर्षण गर्न सकिन्छ । साहित्य सिर्जनालाई अगाडी बढाउनका लागि खस साहित्य समाज संगठन स्थापना गरिएको थियो । यसलाई अझै दृतगतिमा बढाउनका लागि हामी जुरमुराएका छौँ ।
अव साहित्यकार संगठित भएर अगाडी बढ्ने लक्ष्मीचन्द्र न्यौपानेले (आशाकिरण) बताए । उनले भने साहित्य सिर्जनाका कार्यक्रम आयोजना गर्ने साहित्यकारहरुको भेलामा छलफल भएको छ ।