पातारासी गाउँपालिका –५ बालबिवाह मुक्त घोषणा


जुम्ला ः जुम्लाको पुर्वी भेगमा पर्ने चौधविस क्षेत्र पातारासी गाउँपालिका जिल्लाकै बढी बालविवाह हुने गाउँपालिका हो । तर समयक्रम अनुसार नागरिक शिक्षित हुदै गएपछि बालविवाह न्यूनिकरण हुदै गएको छ । पातारासी गाउँपालिका –.५ मा पर्ने दुर्गम चार वटा गाउँलाई जुम्लाकै पहिलो बालबिवाह मुक्त गाउँ घोषाण गरिएको हो । जिल्लाकै पहिलो वडाका रुपमा पातारासी गाउँपालिका – ५ लाई औपचारिक कार्यक्रमका बीच बालविवाह मुक्त घोषणा गरिएको हो ।
सन् २०३० सम्म नेपाललाई बालविवाह मुक्त मुलुक घोषणा गर्ने राष्ट्यि उद्देश्य र दिगो विकासको लक्ष्य अनुरुप दुर्गम पातारासीका गाउँलाई बालबिवाह मुक्त घोषणा गरिएको छ । जुम्लाका ८ स्थानीय तहका ६० वडामध्ये पातारासी गाउँपालिका – ५ वडा बालविवाह मुक्त घोषणा गरिएको हो । अशिक्षा, गरिबी, देखासिकी र परम्परागत कारणले पातारासीमा सबैभन्दा बढि बाल बालविवाह हुन्थ्यो ।
तर जहाँ बढी बालबिवाह हुन्थ्यो त्यहि पालिकाका दुर्गम गाउँ जिल्लामै पहिलो बालिबवाह मुक्त हुँदा अन्य पालिकालाई चुनौती थपिएको छ । पातारासी वडा नं. ५ का चार गाउँमा रहेका ४ सय ३२ घरधुरीका १ हजार ६ सय ३५ जनसंख्या रहेको छ । जसमा महिला ८ सय २५ र पुरुष ७ सय ८६ रहेको छ ।
पातारासीका अध्यक्ष पुर्णसिंह बोहारा भन्छन,“सबैको सक्रियताले अप्रत्यासी रुपमा पातारासी ५ नम्बर वडा बालबिवाह मुक्त घोषण गर्न सफल भयौँ । घोषणाको कार्यन्वयनका साथै अन्य ६ वडालाई बालविवाह मुक्त घोषणा गर्ने चुनौती थपिएको छ ।”
भौतिक विकासले मात्रै समाज रुपान्तरण सम्भव छैन् । सामाजिक सशक्तिकरण, बालबिवाह, बहुबिवाह, छुईप्रथा लगायत कुरीति अन्य नगरी समृद्ध समाज निर्माण हुन्न । हामी सामाजिक रुपान्तरणको अभियानमा छौँ । समग्र पालिकालाई नै जिल्लाकै पहिलो पालिकाका रुपमा बालबिवाह मुक्त घोषणा गर्ने लक्ष्य राखेको अध्यक्ष बोहराको भनाई छ ।
जसमा बिवाह उमेर समुहका २० वर्ष मुनिका कुनै पनि बालबालिकाले बिवाह नगरेको सर्वेक्षणले भेटाएपछि जिल्लाकै पहिलो वडा र वस्तिका रुपमा बालिबवाह मुक्त गाउँ घोषणा गरिएको पातारासी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीले बताइन् ।
उनले भनिन्, “जिल्लाभर पातारासी क्षेत्र सबैभन्दा बढि बालविवाह हुने क्षेत्रका रुपमा कहलिएको छ । पातारासीलाई गरिबी, अशिक्षाको उपनामले चिनिथ्थ्यो । तर साँझेदार संस्थाहरुको सहयोग, पालिकाको पहल तथा नागरिकको सक्रियतामा बालबिवाहकै केन्द्रविन्दु मानिने पातारासीका दुर्गम बस्ति बालबिवाह मुक्त घोषणा गर्न सफल भएका छौँ ।”
पातारासी –५ का चार गाउँका १० जोडिले चालू आवको हाल सम्म उमेर पुगेर बिवाह गरेका छन् । अन्य २० वर्षमुनिका कसैले पनि बिवाह गरेको नपाईएपछि बालबिवाह मुक्त वडा घोषणा गरेको किर्डाक नेपाल जुम्लाका बाल संरक्षण अधिकृत श्रीराम थापाले बताए । उनका अनुसार पातारासीमा २० वर्षमुनि बिवाह गर्ने शुन्यमा झरेका छन् ।
पातारासीको ५ नम्बर वडालाई बालबिवाह मुक्त घोषणाका लागि विगत तीन वर्षदेखि बालक्लब, वडा सरकार, समूह परिचालन तथा किर्डाकद्दारा (बाल स्पोन्सर) परियोजना लागू गरेर अन्ततः बालिबवाह शुन्यमा झार्न सफल भएको किर्डाक नेपालका सामाजिक परिचालक रामशंकर दवाडीले बताए । उनका अनुसार जिल्लाका सरोकारवालाहरुले बालबिवाहको स्थितिबारे सर्वेक्षण गरिएको थियो ।
यदपी, किर्डाकले पातारासीमा बाल संरक्षण कार्यक्रम २०६७ सालदेखि संचालन गरेको उनको भनाई छ । पातारासीका अन्य वडालाई बालबिवाह मुक्त घोषणा गर्न कार्यक्रम संचालन गरिने छ ।

 




तपाईको प्रतिक्रिया