तिलामा तेर्सो उपाध्यक्ष कपको उद्घाटन ,विभिन्न खेलको आयोजना

पूर्ण चौलागाईं ।
जुम्लाको तिला गाउँपालिकामा तेर्सो उपाध्यक्ष कपको उद्घाटन भएको छ। एक समारोहका बिच बिहिवार उक्त कपको उद्घाटन भएको हो।तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाको प्रमुख आथित्य र उपाध्यक्ष गोरिकला बुढाको अध्यक्ष्तातामा सो कपको उद्घाटन गरिएको छ।

कपमा पुरुष र महिला भलिबल प्रतियोगिता ,लोकदोहोरी,डोरि तान्ने खेल, वक्तित्वकला लगायतका खेलको आयोजना गरिएको आयोजक तिला गाउँपालिकाले बताएको छ।भलिबल प्रतियोगितामा पुरुष तर्फ २२ टिम र महिला तर्फ १०टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । पुरुष तर्फ प्रथम टिमले १ लाख ३५ हजार र दोर्सो हुनेले १ लाख नगद सहित कप र प्रमाणपत्र प्राप्त गर्ने छन् ।त्यस्तै महिला तर्फ प्रथम हुनेले ६५ हजार र दोर्सो हुनेले ४० हजार नगद सहित कप र प्रमाणपत्र प्राप्त गर्ने छन् ।


खेल क्षेत्रमा बिकास गर्ने हेतुले हरेक बर्ष उपाध्यक्ष कपको आयोजना गरिएको तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए।भलिबलमा तिला गाउँपालिकामा क्रमिक बिकास भएको अध्यक्ष रोकायाले दाबी गरे।
हरेक बर्ष उपाध्यक्ष कपको आयोजनाले खेलाडीहरुमा भाइचाराको सम्बन्ध स्थापित गर्नुको साथै पालिकामा अब्बल खेलाडी उत्पादन गर्न आयोजनाले महत्त्वपूर्ण भुमिका खेल्ने उपाध्यक्ष गोरिकला बुढाले बताइन् ।युवाहरूको प्रतिभा पहिचान गर्न र खेल क्षेत्रमा बिकास गर्न हरेक बर्ष उपाध्यक्ष कपको आयोजना गर्ने गरेको उपाध्यक्ष बुढाको भनाइ छ।
सो प्रतियोगिता तीन दिनसम्म चल्ने भएको छ।

तपाईको प्रतिक्रिया