
पूर्ण चौलागाईं ।
जुम्ला चन्दननाथ नगरपालिकाकि उपप्रमुख रामदेवी खड्का कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकि छन् ।
नपाली कांग्रेसको १५औँ महाधिवेशनबाट उपप्रमुख खड्का निर्वाचित भएकि हुन् । महिला खुलातर्फको केन्द्रीय सदस्य पदमा खड्का निर्वाचित भएकी छन्।
मतपरिणाम अनुसार खड्काले २ हजार ९ सय २७ मत प्राप्त गर्दै जित हासिल गरेकी हुन्। प्रतिस्पर्धामा रहेका अन्य उम्मेदवारहरू रेणु आचार्यले २ हजार १ सय ४३ र खगिसरा आचार्यले १ हजार ५ सय २८ मत प्राप्त गरेका छन्।
लोकतान्त्रिक मूल्य-मान्यताको रक्षा, पार्टीको आन्तरिक सुदृढीकरण तथा राष्ट्रिय राजनीतिमा महिला नेतृत्वको सशक्त आवाज उठाउने नव निर्वाचित केन्द्रिय सदस्य खड्काले बताइन् ।

हाम्रो कर्णाली । २९ आश्विन २०८३, बिहीबार १९:२९