जुम्ला कांग्रेसको( देउवा) पक्ष बाट पहिलो महिला सभापतिमा नेत्रकला शाही चयन

पूर्ण चौलागाईं ।
जुम्लाको नेपाली कांग्रेसको( देउवा) पक्षको जुम्ला जिल्ला सभापतिमा नेत्रकला शाही चयन हुनु भएको छ । नेपाली कांग्रेसको १५ औँ नियमित महाधिवेशन अन्तर्गत जुम्लामा सम्पन्न अधिवेशनबाट जुम्लाको इतिहासमा पहिलो महिला सभापतिमा शाही चयन हुनुभएको नेपाली कांग्रेस केन्द्रिय प्रतिनिधि दीपेन्द्र हमालले बताए । त्यस्तै उक्त अधिवेशनबाट जिल्ला उपसभापतिमा राजबहादुर शाही र डिलबहादुर रोकाया चयन भएकोे नेपाली कांग्रेस केन्द्रिय प्रतिनिधि हमालको भनाइ छ।


जिल्ला सचिवमा गोकर्ण हमाल चयन भएका छन् भने प्रदेश निर्वाचन क्षेत्र ‘क’ को सभापतिमा मनप्रसाद देवकोटा र प्रदेश निर्वाचन क्षेत्र ‘ख’ को सभापतिमा उपराज अधिकारीलाई चयन गरिएको आयोजकले जानकारी दिएको छ ।


९७ वर्षीय ज्येष्ठ नागरिक तथा पूर्व जिल्ला विकास समितिका सभापति धनलाल हमालको प्रमुख आतिथ्यतामा नेपाली कांग्रेसको देउवा पक्षले जुम्लामा अधिवेशन सम्पन्न गरेको हो । अधिवेशनबाट जिल्ला तथा प्रदेशस्तरका नेतृत्व चयन गरिएको छ ।

तपाईको प्रतिक्रिया