गिडीखोलामा ५० मेगावाटको बिजुली उत्पादन हुँदै

पूर्ण चौलागाईं ।
जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गिडीखोलामा ५० मेगावाटको बिजुली उत्पादन हुने भएको छ। गिडीखोला जलविद्युत आयोजनाबाट ५० मेगावाटको बिजुली उत्पादन हुने भएको हो। उक्त आयोजना निर्माण गर्न करिब रु सात अर्ब ५० करोड भन्दा बढी लाग्ने भएको छ ।
तातोपानी गाउँपालिका–४ को आयोजना र आध्यनत फन्ड म्यानेमजेन्ट लिमिटेड काठमाडौंको सहजीकरणमा शुक्रबार आयोजित गिडीखोला जलाशययुक्त जलविद्युत् आयोजनाको सरोकारवालासंगको समन्वय तथा परिचयात्मक कार्यशाला अन्तरक्रिया कार्यक्रममा उक्त जलविद्युतकोबारे जानकारी दिँदै आध्यनत फन्ड म्यानेमजेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष थापाले गिडीदहको जलाशययुक्त जलविद्युत् आयोजनाले करिब ५० मेगावाट विद्युत् उत्पादन गर्न सक्ने प्रारम्भिक अध्ययन गरिएको बताए ।


विस्तृत प्राविधिक तथा सम्भाव्यता अध्ययनपछि उत्पादन क्षमता अझ बढ्न सक्ने सम्भावना समेत रहेको आध्यनत फन्ड म्यानेमजेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष थापाको भनाइ छ।
उत्पादन भएको विद्युत्लाई १३२ केभी सिङ्गल सर्किटको प्रशारण लाइनमार्फत जुम्ला बजारको सबस्टेशनमा लगेर जोडिने छ । आयोजना कुल लागत सात अर्ब ५० करोड ७४ लाग्ने अनुमान गरिएको आध्यनत फन्ड म्यानेजमेन्ट लिमिटेडका प्रमुख संचालक अधिकृत प्रमेशमान प्रधानले बताए ।


तातोपानी – ४ का वडा अध्यक्ष अमर बहादुर रोकायाले वडाभित्र ठुलो विद्युतको परियोजना निर्माण हुन लागेकोमा खुसी ब्यक्त गरे। यस आयोजनालाई सफल बनाउन सबैको सहयोगको आवश्यक रहेको वडाअध्यक्ष रोकायाको भनाइ छ। सो आयोजनामा स्थानीयलाई रोजगारीमा विशेष प्रथामिकता दिइने छ ।
निर्माण अवधिभर स्थानीय जनताले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा व्यपार व्यवसाय गर्न सक्नेछन् । जसले गर्दा यहाँका नागरिकको आयआर्जनमा वृद्धिहुने अपेक्षा राखिएको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताउनुभयो ।
उक्त आयोजना निर्माण भएपछि स्थानीयलाई रोजगारी सिर्जना गर्नुको साथै उर्जा संकट अन्त्य गर्न आयोजनाले महत्त्वपूर्ण भुमिका खेल्ने संघीय सरकारका पुर्व भौतिक तथा पुर्वाधार मन्त्री माधव चौलागाईंले बताए ।
आयोजना संचालनबाट प्राप्तहुने रोजगारी, रोयल्टी, शेयर, सामुदायिक सहयोग कार्यक्रम तथा स्थानीय जनताको व्यापार व्यवसायबाट आयआर्जन गर्न जस्ता अनुकूल प्रभावहुने भएकोले समग्रमा यस आयोजनाबाट स्थानीय स्तरदेखि राष्ट्रियस्तरसम्म लाभ पुग्ने पुर्व पुशपन्छी राज्यमन्त्री गोमा गौतमले जानकारी दिइन् ।


आयोजना निर्माण तथा संचालनबाट प्रभावितहुने घरधूरी,वन र खेतीयोग्य जमिनको एकिन हुनुपर्ने कार्यक्रमका सहभागीको भनाइ छ । गिडीखोला जलविद्युत् आयोजनाको अध्ययन अवधि पुरा भएपछि निर्माणको काम अगाडि बढ्ने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया