
पूर्ण चौलागाईं ।
जुम्लाको तातोपानी गाउँपालिका स्तरीय जेष्ठ नागरिक संघको अध्यक्षमा हरी बहादुर खत्री चयन भएका छन् ।मंगलबार भएको दोर्सो चुनावी साधारणसभाले खत्रीलाई अध्यक्षमा चयन गरेको हो।

त्यस्तै उक्त साधारणसभाले उपाध्यक्षमा वीर बहादुर शाही र कृष्ण कठायत,सचीव कल बहादुर कठायत,सहसचिव तिर्थ कठायत र कोषाध्यक्षमा सत्य कार्कीलाई चयन गरेको छ।सदस्यहरु पुल्ती रावत,जय बहादुर बुढा ,हरिचन्द्र बुढा ,हरि बिष्ट ,चाउरो बुढा ,रुन बुढा ,हरिचन्द्र खत्री र पेरु शाही चयन भएका छन् ।

खत्रीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरिएको छ। तातोपानीका सम्पूर्ण जेष्ठ नागरिकहरुको हक,हित र अधिकारको लागी शसक्त ढंगले आवाज उठाउने अध्यक्ष हरी खत्रीले बताए । साथै तातोपानी जेष्ठ नागरिक संघको नव निर्मित आफ्नै भवनलाई सहि प्रयोग गर्न सम्बन्धित निकायसंग समन्वय र सहकार्य गर्ने अध्यक्ष खत्रीको भनाइ छ।
निवर्तमान अध्यक्ष दल खड्काले आफ्नो पालामा तातोपानी जेष्ठ नागरिक संघको आफ्नै भवन निर्माण गर्न सफल भएको र उक्त भवनलाइ सहि प्रयोग गर्न आग्रह गरे।
तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईंले तातोपानी पालिका स्तरीय जेष्ठ नागरिक संघलाई पालिकाबाट बिगतका वर्षमा सहयोग गर्दै आएको र यो वर्षमा पनि सहयोग गर्ने बताए ।
उपाध्यक्ष रेवती रावलले जेष्ठ नागरिकको सम्मान गर्दै उनिहरुको दु:खमा साथ र सहयोग गर्ने बताइन् ।


हाम्रो कर्णाली । २ भाद्र २०८३, मंगलवार २०:१९