जुम्लामा (रिसास)परियोजनाद्रारा रिफ्याक्टोमिटर बितरण

पूर्ण चौलागाईं ।
स्याउ खेतिमा जुम्ला नेपालको प्रख्यात जिल्ला हो।जुम्लाको स्याउको आफ्नै महत्त्व छ।हरेक वर्ष जुम्लाको काचो स्याउ निर्यात गर्नाले जुम्लाको स्याउको पहिचान गुम्ने गरेको पाइन्छ। हरेक वर्ष स्याउ भदौ पहिलो तथा दोर्सो सातामा निर्यात गर्ने निर्णय गरिन्छ । निर्णय कार्यान्वयन गर्न भने चुनौती देखिन्छ ।
जुम्ली स्याउको बिरासत जोगाइराख्नको लागि परिपक्व गुणस्तरीय स्याउ भदौ पहिलो साता जिल्ला बाहिर निर्यात गर्ने सर्वपक्षीय निर्णय गरिएको छ।स्याउको गुलियोपना परिक्षण गरेर मात्र निर्यात गरिने भएको छ। स्याउको गुलियोपना नापजाँच गरिने यन्त्र (रिफ्याक्टोमिटर) जिल्ला कृषि बिकास कार्यालय जुम्लाको समन्वयमा लि-वर्ड / कृषि खाद्य प्रणालीका लागी नविकणिय उर्जा (रिरास) परियोजनाले सहयोग गरेको कृषि बिकास कार्यालय जुम्लाका कार्यालय प्रमुख रामभक्त अधिकारीले बताए । कृषि शाखालाई उक्त यन्त्र सहि सदुपयोग गर्न कृषि बिकास कार्यालय जुम्लाका प्रमुख अधिकारीले आग्रह गरे।


जुम्लाका तीन पालिकाका कृषि शाखालाई रिफ्याक्टोमिटर सहयोग गरिएको छ। लि-वर्ड / कृषि खाद्य प्रणालीका लागी नविकणिय उर्जा (रिरास) परियोजनाको सहयोग र जिल्ला कृषि बिकास कार्यालय जुम्लाको समन्वयमा स्याउको गुलियोपना नापजाँच गरिने यन्त्र ( रिफ्याक्टोमिटर) बितरण गरिएको हो।उक्त परियोजना लागु भएका जुम्लाका स्थानीय तह पातारासी ,तातोपानी र चन्दननाथ नगरपालिकाका कृषि शाखा र जिल्ला कृषि बिकास कार्यालय जुम्लालाई २/२ वटाका दरले रिफ्याक्टोमिटर सहयोग गरिएको लि-वर्ड / रेसास परियोजनाका संयोजक बुद्ध बिकले बताए ।
रिरास परियोजनाले जुम्लाका तीन स्थानीय तह चन्दननाथ नगरपालिका ,पातारासी र तातोपानी गाउँपालिकामा सन २०२३ देखि नबिकरणिय उर्जा,कृषि ,शिक्षा ,पोषण लगायतको क्षेत्रमा काम गर्दै आइरहेको छ।

तपाईको प्रतिक्रिया