तातोपानीमा पालिका स्तरीय तथ्यांकिय साक्षरता कार्यक्रम

पूर्ण चौलागाईं ।
जुम्लाको तातोपानी गाउँपालिकामा पालिका स्तरीय तथ्यांकिय साक्षरता कार्यक्रम गरिएको छ।तथ्यांक समन्वय कार्यालय जुम्लाको आयोजनामा उक्त कार्यक्रम गरिएको हो।


स्थानीय स्तरका कर्मचारीको तथ्यांक बुझ्ने र ब्याख्या गर्ने क्षमताको बिकास गर्नु,तथ्यांकको आधारमा सहि निर्णय लिने क्षमता बढाउनु र तथ्यांकको सहि प्रयोग गरि योजना ,नीति तथा कार्यक्रम निर्माणमा सहयोग पुर्याउने हेतुले पालिका स्तरमा सो कार्यक्रम गरिएको तथ्यांक समन्वय कार्यालय जुम्लाका कार्यालय प्रमुख दिपेन्द्र धामिले बताए । पालिका स्तरमा पहिलो र दाेस्राे त्रैमासिक सम्ममा ७ पालिकामा तथ्यांकीय साक्षरता कार्यक्रम रहेकाले पहिलो त्रैमासिकमा ४ वटा पालिकामा साक्षरता गाेष्ठी गर्ने कार्यक्रम अनुसार कालिकोटको तिलागुफा नगरपालिका र जुम्लाको तातोपानी गाउँपालिकामा उक्त कार्यक्रम सम्पन्न गरिएको कार्यालय प्रमुख धामिको भनाइ छ।
सहि तथ्यांकले पालिकाको नीति,कार्यक्रम तथा योजना निर्माण गर्न महत्त्वपूर्ण भुमिका खेल्ने भएको हुदा यथार्थ तथ्यांकमा ध्यान दिनुपर्ने तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईंले बताए ।
कार्यक्रम कार्यान्वयन गर्न हरेक शाखाले आफ्नो जिम्मेवारी कुशलतापुर्वक निर्वाह गरेको खण्डमा हरेक क्षेत्रमा पालिका अब्बल बन्ने तातोपानी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद चौलागाईंले बताए ।
आवश्यकता अनुसार साबिक कर्णालीका ५ वटा जिल्लाका स्थानीय तहमा तथ्यांकिय साक्षरता कार्यक्रम संचालन गरिने कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया