
पूर्ण चौलागाईं ।
उद्योग वाणिज्य संघ जुम्लाले महिनाको दोर्सो र अन्तिम शनिबार बजार बन्द गर्ने निर्णय गरेको छ।शुक्रबार उद्योग वाणिज्य संघ जुम्ला र व्यवसायी बिच भएको छलफल कार्यक्रमले हरेक महिनाको दोर्सो र अन्तिम शनिबार बजार बन्द गर्ने निर्णय गरेको हो।
त्यस्तै बजार व्यबस्थित गर्न सम्बन्धित निकायसंग समन्वय गर्ने,हरेक ब्यापारीले आफ्नो पसल अगाडी आफै सरसफाइ गर्ने,पटक – पटक कर शिक्षा तथा अभिमुखिकरण कार्यक्रम संचालन गर्ने र बस्तुगत समिती गठन गर्ने लगायतका निर्णय गरिएको उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष दिल बहादुर रोकायाले बताए । व्यवसायीसंग पटक पटक छलफल गरि सुझावका आधारमा उद्योग वाणिज्य संघले कार्ययोजना निर्माण गरि काम गर्ने अध्यक्ष रोकायाको भनाइ छ।
करदाताहरुलाई समय समयमा कर शिक्षा प्रदान गर्नुको साथै सफा र सुन्दर जुम्ला बजार बनाउन उद्योग वाणिज्य संघ जुम्ला स्थानीय सरकारसंग समन्वय र सहकार्य गरिने उपाध्यक्ष बालकृष्ण बुढाले बताए ।

सहभागीले बजार ब्यवस्थापन हुन नसकेको, सामान ढुवानीमा एकरुपता नरहेको,बजारमा अव्यवस्थित ब्यापार हुने गरेको जस्ता गुनासो राखेका थिए ।

हाम्रो कर्णाली । १५ श्रावण २०८३, शुक्रबार २०:५८