
पूर्ण चौलागाईं ।
जुम्लाकाे पातारासी गाउँपालिका – ४ लुम गाउँस्थित सवारीसाधन आवतजावत गर्ने काठेपुल बन्द गरिएकाे छ । उक्त पुल बन्द गरेपछी माथिल्लाे पातारसिका चाैर, छुम, तल्फी, माथाचाैर, गडिगाउँ हुरीमहरी गाउँका स्थानीयलाई आवतजावत गर्न सास्ती भएको पातारासि – ३ का वडा अध्यक्ष गोबिन्द रावतले बताए ।समयमै बन्द भएको पुल समन्वय गरि खुलाउन सरोकारवालालाई वडा अध्यक्ष रावतले आग्रह गरेका छन् ।
बन्द गरिएको पुल सुचारु गर्न सरोकारवालाले खासै चासो नदेखाएको स्थानियको गुनासो छ।

पक्कीपुल निर्माण स्थालका जग्गावाला लुम गाउँबासीले काठेपुल बन्द गरेकाे बुझिन आएकाे छ । बन्द गरिएको उक्त पुल खुलाउन सुरक्षा निकायलाई निर्देशन दिएको र आवश्यक समन्वय गरिने जुम्ला प्रमुख जिल्ला अधिकारी तेज प्रकाश पछाईले बताए ।
याे समस्या समाधान गर्न सरोकारवालाले समयमै ध्यान दिनुपर्ने देखिन्छ।

हाम्रो कर्णाली । १० श्रावण २०८३, आईतवार २१:४०