लामो समयसम्म अबरुद्ध त्रिवेणि – जाजरकोट जोड्ने सडक खुलेन,स्थानीयलाई आवतजावतमा सास्ती

पूर्ण चौलागाईं ।
अविरल बर्षाले १ हप्ता दिनदेखि अबरुद्ध भएको त्रिवेणि – जाजरकोट जोड्ने सडक अझै खुलेको छैन।उक्त सडक खण्डको नुवाकोट गाउँ नजिक ,सर्मी र सुर्किको बिचमा ३ स्थान र पातरसाघुमा पहिरो आउदा सडक अबरुद्ध भएको छ। सडक अबरुद्ध हुदा तातोपानी -७ र ८का स्थानीयलाई आवतजावत गर्न सास्ती भएको छ।
सडक खुलाउन बारम्बार सडक डिभिजन कार्यालय जुम्लालाई आग्रह गर्दा पनि आलटाल गरि सो सडक खुलाउन पहल नगरेको तातोपानी -८ का वडा अध्यक्ष नर बहादुर रावतले बताए ।सडक अबरुद्ध हुदा सुत्केरी महिला र बिरामीले समेत सास्ती खेप्नु परेको वडा अध्यक्ष रावतको भनाइ छ।


उता सडक डिभिजन कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख सौरभ कुमार र्सिंहले पहिलो पटक आएको पहिरो हटाएर सो सडक खुलाएको र फेरि पहिरो आउदा जेसिबी मेसिनको अभावले सडक खुलाउन नसकेको बताए ।नाग्म- गम्गडी सडक खण्डको झ्यारिमा ठूलो पहिरोले सडक अबरुद्ध भएको हुदा जेसिबी मेसिन मुगु पठाइएकोले सोमबारसम्म मेसिन जुम्ला पुग्ने र त्यसपछि अबरुद्ध त्रिवेणि – जाजरकोट जोड्ने सडक खुलाउने काम गरिने निमित्त कार्यालय प्रमुख र्सिंहको भनाइ छ।

तपाईको प्रतिक्रिया