
पूर्ण चौलागाईं ।
स्याउको लागी जुम्ला नेपालको प्रख्यात जिल्ला हो ।हरेक वर्ष जुम्लाको स्याउ परिपक्व नहुदै निर्यात गर्नाले स्याउको पहिचान नै मेटिन थालेको पाइन्छ।साउन महिनामै जुम्लाको हरियो स्याउ नेपालका मुख्य ठुला शहरमा बिक्रीको लागी पुर्याउने गरिन्छ।
हरेक वर्ष जुम्लामा भदौ दोर्सो साताभन्दा पहिला स्याउ टिप्न नपाइने निर्णय गरिन्छ तर निर्णयको कार्यान्वयन हुन सकेको अवस्था छैन।
यो वर्ष जुम्लाको स्याउ भदौ पहिलो सातामा मात्र टिप्ने निर्णय गरिएको कृषि बिकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख रामभक्त अधिकारीले बताए । गुणस्तरीय स्याउ निर्यातका लागि जुम्लाका प्रमुख स्याउ संकलक तथा ब्यापारी बिच भएको अन्तरक्रिया कार्यक्रममा उक्त निर्णय भएको कृषि बिकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख अधिकारीको भनाइ छ। साथै जनप्रतिनिधिको रोवरमा पालिकाको कृषि बिकास शाखाको समन्यात्मककारी भुमिकामा सम्बन्धित पालिकाले सिफारिस गर्ने,स्याउ ढुवानी गर्दा ग्रेडिङ र प्याकेजिङमा विशेष ध्यान दिने,स्याउको प्रतिकेजी न्युनतम समर्थन मुल्य र राजस्व निर्धारणको लागि आवश्यक पहल गर्ने लगायतका निर्णय गरिएको छ।
अन्तरक्रिया कार्यक्रम जिल्ला कृषि बिकास कार्यालय जुम्ला र लिवर्ड /रेसास परियोजना जुम्लाको संयुक्त आयोजनामा भएको हो।


हाम्रो कर्णाली । ८ श्रावण २०८३, शुक्रबार २२:०९