
पूर्ण चौलागाईं ।
पछिल्लो समय जिल्लाको शैक्षिक अवस्था खस्किदै गैरहेको जनगुनासो सुनिने गरेको पाइन्छ। सरकारले शिक्षा क्षेत्रमा ठुलो लगानी गरेपनी लगानी अनुसार शिक्षामा सुधार भएको पाइदैन ।
जुम्लाको तातोपानी गाउँपालिकाले शैक्षिक अवस्था सुधार्न बिगत केही वर्ष यता संयुक्त अनुगमन गरि विद्यार्थीहरुका टाउका गनि सोही अनुसार बिद्यालय गाभ्ने ,दरबन्दी मिलान गर्ने जस्ता क्रियाकलाप गर्दै आएको छ। पालिका भित्रका बिद्यालयहरुको शैक्षिक अवस्था सुधार्न तातोपानी गाउँपालिकाले हर प्रयास गरिरहेको छ।

पलिका भित्रका सम्पुर्ण बिद्यालयको शैक्षिक अवस्था सुधार गर्न तातोपानी -६ का वडाअध्यक्ष बिशाल खड्काको संयोजकमा हरेक क्षेत्रको प्रतिनिधित्व हुने गरि ९ सदस्यीय सुझाव संकलन समिती गठन गरिएको छ।उक्त समितिले तातोपानीका सबै बिद्यालयमा अनुगमन गरि पालिकामा प्रतिबेदन पेस गर्नेछ। सोही प्रतिबेदनको आधारमा बिद्यालय गाभ्ने ,दरबन्दी मिलान गर्ने जस्ता क्रियाकलाप गरिने पालिका अध्यक्ष नन्द प्रसाद चौलागाईंले बताए ।

अन्तर्क्रिया कार्यक्रममा तातोपानीका सबै बिद्यालयका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षहरु,प्रधानाध्यापकहरु,राजनीति दलका प्रमुखहरु,पत्रकार ,नागरिक समाज बिच बृहत अन्तर्क्रिया भएको थियो ।

हाम्रो कर्णाली । ८ श्रावण २०८३, शुक्रबार २१:०४