यातायात व्यवस्था सेवा कार्यालय जुम्लाद्रारा १ करोड ९४ लाख ४४ हजार राजस्व संकलन

पूर्ण चौलागाईं ।
यातायात व्यवस्था सेवा कार्यालय जुम्लाले १ करोड ९४ लाख ४४ हजार १ सय १२ रुपैयाँ राजस्व संकलन गरेको छ। आर्थिक वर्ष २०८२/०८३ मा उक्त कार्यालयले सो राजस्व संकलन गरेको हो।
गत आर्थिक वर्ष भन्दा यो आर्थिक वर्षमा ५० लाख बढी राजस्व संकलन गर्न सफल भएको यातायात व्यवस्था सेवा कार्यालय जुम्लाका कार्यालय प्रमुख राजेन्द्र कार्कीले बताए ।यो आर्थिक वर्षमा संघीय कोषमा दाखिला हुने अग्रिम आयकर सहित १ करोड ९४ लाख ४४ हजार १ सय १२ रुपैयाँ राजस्व संकलन गरेको कार्यालय प्रमुख कार्कीको भनाइ छ।
यातायात क्षेत्रको आम्दानी (पटके तथा रुट प्रमिट) १८ लाख ८८ हजार६ सय १२ रुपैयाँ ,चलक अनुमतिपत्र ,सवारी दर्ता किताब सम्बन्धि दस्तुर ६४ लाख ९२ हजार १ सय १६, सवारी साधन कर १ करोड ३९ लाख ३हजार ५ सय २४, बेरुजु असुली १ हजार ५ सय ७५ अग्रिम आयकर (संघमा दाखिला )६६लाख ८ हजार २ सय ७५ रुपैयाँ राजस्व संकलन भएको यातायात व्यवस्था सेवा कार्यालय जुम्लाले जनाएको छ।

तपाईको प्रतिक्रिया