जिल्ला सेवा केन्द्र जुम्लाको वार्षिक प्रगति सार्वजनिक , ३३ जनाले सेवा लिए

पूर्ण चौलागाईं ।
महिलामाथी हुने घरेलु हिंसा यौनजन्य दुव्र्यवहारबाट प्रभावित महिलाहरुको लागी अल्पकालीन आश्रय सहितको जिल्ला सेवा केन्द्र जुम्लाको स्थापना २०६६ साल कार्तिकमा भएको हो। उक्त सेवा केन्द्रले जुम्ला जिल्लामा महिला शसक्तिकरणमा ठुलो टेवा पुर्याउनुको साथै महिलाको आत्मबल बढाउने काम गरेको छ।


सेवा केन्द्रले हिंसा यौनजन्य दुव्र्यवहारबाट प्रभावित महिलाका लागी मनोसामाजिक बिमर्श ,कानुनी सेवा,स्वास्थ उपचार ,जनचेतनामूलक कार्यक्रम लगायतका थुप्रै कार्यक्रम संचालन गर्दै आएको सेवा केन्द्रका अध्यक्ष भगवती श्रेष्ठले बताइन् । थुप्रै अभावका बिच सेवा केन्द्र चलिरहेको छ। चन्दनानाथ नगरपालिका र सामाजिक बिकास कार्यालय जुम्लाले सहयोग गरेको र अन्य कुनै पनि स्थानीय तहले बारम्बार सहयोगको अपिल गर्दा पनि सहयोग नगरेको अध्यक्ष श्रेष्ठले गुनासो गरिन ।


आर्थिक बर्ष २०८२/०८३ मा सो सेवा केन्द्रले गरेको प्रगति प्रतिबेदन मंगलबार सार्वजनिक गरिएको हो। गत साउन महिनादेखि असार १५ गतेसम्म घरेलु हिंसाबाट प्रभावित २७ जना महिला र ६ जना बालबालिका गरि जम्मा ३३ जनाले उक्त सेवा केन्द्रबाट सेवा लिइएका बताएको छ।

तपाईको प्रतिक्रिया