तातोपानी -८ लाई महिनावारी विभेद तथा बालविवाह मुक्त वडा घोषणा , १० बुँदे घोषणापत्र जारी

पूर्ण चौलागाईं ।
तातोपानी गाउँपालिका वडा नं ८ लाई महिनावारी विभेदमुक्त तथा बालविवाह मुक्त वडा घोषणा गरिएको छ । सामाजिक कुरितीकन रुपमा महिनावारी विभेद तथा बालविवाहलाई शुन्यमा झारेपछि वडालाई आईतबार एक समारोहका बीच घोषणा गरिएको हो ।
उक्त समारोहमा १० बुँदे घोषणापत्र जारी गरिएको छ।
तातोपानी-८ लाई तातोपानी पालिकाको दोस्रो वडाका रुपमा महिनावारी विभेद तथा बालविवाह मुक्त घोषणा गरिएको छ।
घोषणा पूर्व विभिन्न १५ वटा सूचक र २० वटा प्रक्रिया पूरा गरेर वडालाई बालविवाह र महिनावारी विभेदमुक्त घोषणा गर्न सफल भएको तातोपानी-८ का अध्यक्ष नर बहादुर रावतले बताए । सामाजिक कुरितीमुक्त समाज निर्माण गर्ने अभियानमा सबैको सहकार्य र समन्वयबाट सफल भएकोमा सबैलाई धन्यबाद ज्ञापन गरे । साथै वडाध्यक्ष रावतले १० बुदे घोषणापत्र समेत सार्वजनिक गरे ।

राष्टि्य स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य तथा पूर्व प्रतिनिधि सभा सदस्य विनिता कठायतले छोराछोरी बीचको विभेदका कारण बालविवाहका घटना बढेको बताईन् । अभिभावक सचेत नभएसम्म समाज रुपान्तरणमा चुनौती देखिएकाले विभेदकारी सोच हटाउन जरुरी रहेकोमा जोड दिईन् ।
´महिनावारी हुँदा सिधै पूजा कोठा र भान्सामा जानुपर्छ भन्ने अहिलेको लडाई होईन,उनले भनिन,´हाम्रो लडाई महिनावारी हुँदा सुरक्षित स्थानमा बस्न पाउनुपर्छ भन्ने हो । पोषिला खानपाउनु पर्छ । सुरक्षित हुनु पर्छ भन्नेका जनचेतना मुलक कार्यक्रम चलाउनु पर्छ । सामाजिक क्षेत्रको विकासका लागि स्थानीय सरकारले लगानी थप गर्नुपर्नेमा समेत जोड दिईन् । विभेदमुक्त समाज निर्माणका लागि घरबाटै परिवर्तनको,सुरुवात गर्न समेत अनुरोध गरिन् । घोषणा गर्नु मात्रै ठुलो कुरा नभई कार्यान्वयनलाई प्रभावकारी बनाउन ध्यान दिनुपर्ने उल्लेख गरिन् ।

´महिनावारी हुँदा सिधै पूजा कोठा र भान्सामा जानुपर्छ भन्ने अहिलेको लडाई होईन,उनले भनिन,´हाम्रो लडाई महिनावारी हुँदा सुरक्षित स्थानमा बस्न पाउनुपर्छ भन्ने हो । पोषिला खानपाउनु पर्छ । सुरक्षित हुनु पर्छ भन्नेका जनचेतना मुलक कार्यक्रम चलाउनु पर्छ । सामाजिक क्षेत्रको विकासका लागि स्थानीय सरकारले लगानी थप गर्नुपर्नेमा समेत जोड दिईन् । विभेदमुक्त समाज निर्माणका लागि घरबाटै परिवर्तनको,सुरुवात गर्न समेत अनुरोध गरिन् । घोषणा गर्नु मात्रै ठुलो कुरा नभई कार्यान्वयनलाई प्रभावकारी बनाउन ध्यान दिनुपर्ने उल्लेख गरिन् । पूर्ण चौलागाईं ।
तातोपानी गाउँपालिका वडा नं ८ लाई महिनावारी विभेदमुक्त तथा बालविवाह मुक्त वडा घोषणा गरिएको छ । सामाजिक कुरितीकन रुपमा महिनावारी विभेद तथा बालविवाहलाई शुन्यमा झारेपछि वडालाई आईतबार एक समारोहका बीच घोषणा गरिएको हो ।
उक्त समारोहमा १० बुँदे घोषणापत्र जारी गरिएको छ।
तातोपानी-८ लाई तातोपानी पालिकाको दोस्रो वडाका रुपमा महिनावारी विभेद तथा बालविवाह मुक्त घोषणा गरिएको छ।
घोषणा पूर्व विभिन्न १५ वटा सूचक र २० वटा प्रक्रिया पूरा गरेर वडालाई बालविवाह र महिनावारी विभेदमुक्त घोषणा गर्न सफल भएको तातोपानी-८ का अध्यक्ष नर बहादुर रावतले बताए । सामाजिक कुरितीमुक्त समाज निर्माण गर्ने अभियानमा सबैको सहकार्य र समन्वयबाट सफल भएकोमा सबैलाई धन्यबाद ज्ञापन गरे । साथै वडाध्यक्ष रावतले १० बुदे घोषणापत्र समेत सार्वजनिक गरे ।
राष्टि्य स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य तथा पूर्व प्रतिनिधि सभा सदस्य विनिता कठायतले छोराछोरी बीचको विभेदका कारण बालविवाहका घटना बढेको बताईन् । अभिभावक सचेत नभएसम्म समाज रुपान्तरणमा चुनौती देखिएकाले विभेदकारी सोच हटाउन जरुरी रहेकोमा जोड दिईन् ।
´महिनावारी हुँदा सिधै पूजा कोठा र भान्सामा जानुपर्छ भन्ने अहिलेको लडाई होईन,उनले भनिन,´हाम्रो लडाई महिनावारी हुँदा सुरक्षित स्थानमा बस्न पाउनुपर्छ भन्ने हो । पोषिला खानपाउनु पर्छ । सुरक्षित हुनु पर्छ भन्नेका जनचेतना मुलक कार्यक्रम चलाउनु पर्छ । सामाजिक क्षेत्रको विकासका लागि स्थानीय सरकारले लगानी थप गर्नुपर्नेमा समेत जोड दिईन् । विभेदमुक्त समाज निर्माणका लागि घरबाटै परिवर्तनको,सुरुवात गर्न समेत अनुरोध गरिन् । घोषणा गर्नु मात्रै ठुलो कुरा नभई कार्यान्वयनलाई प्रभावकारी बनाउन ध्यान दिनुपर्ने उल्लेख गरिन् ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले विभेद रहित समाज निर्माणका लागि अभियान सफल बनाउन सबै तहबाट सहयोग गर्नुपर्ने बताए । अधिकांश स्थानीयतह भौतिक विकास केन्द्रित भएका बेला तातोपानीले पछिल्लो समय सामाजिक विकासमा गरेका काम सिकाई मुलक रहेकोमा प्रसंशा गरे ।
तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँईले समग्र गाउँपालिकालाईनै विभेदमुक्त बनाउने अभियान थालिएको बताए । सोही अभियान अन्तर्गत दातृ संस्थाहरुको समन्वयमा ८ नम्बर वडालाई महिनावारी विभेद तथा बालविवाह मुक्त घोषणा गरिएको उल्लेख गरे । साथै पाँच वर्षे कार्यकाल भित्रै पालिकालाई सबैखाले विभेदमुक्त बनाउने संकल्पका साथ काम अघि बढीरहेको जानकारी दिए ।
टोप्लाको मयूर नाँचको संस्थागत विकासका लागि पालिकाले आबश्यक लगानी गर्ने आश्वासन दिदै प्रक्रियामा आउन अपिल गरे। सामाजिक विकास कार्यालयका प्रमुख टोप बहादुर बुढाले विभेदमुक्त समाज निर्माणका लागि घोषणा कार्यक्रम पहिलो खुट्किला भएको बताए ।
तातोपानी गाउँपालिका उपाध्यक्ष रेवती रावलले घोषणाको दिगोपनाका लागि सबै सरोकारवाला जिम्मेवार बन्नु पर्नेमा जोड दिईन् । प्रमुख प्रशासकीय अधिकृत तिर्थ बहादुर कठायतले भौतिक विकासले मात्रै फडको मार्न नसक्ने भएकाले सामाजिक शसक्तिकरणका सवालमा तातोपानी केन्द्रित भएको बताए । घोषणा कार्यान्वयनमा ध्यान दिन आग्रह गरे ।वडालाई बालविवाहमुक्त र महिनावारी विभेदमुक्त घोषणा गर्न गाउँपालिकाको समन्वयमा सर्वोदय नेपाल, किर्डाक नेपाल, सेभ द चिल्ड्रेनले सूचक पूरा विभिन्न जनचेतना मुलक कार्यक्रम गर्दै आएका थिए ।
प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले सुसस्कृत सभ्य समाज निर्माणका लागि यस्ता घोषणाले नागरिकलाई सचेत जिम्मेवार बनाउन मद्दत पुराउने बताए । तातोपानीले भौतिक विकाससंगै सामाजिक विकासमा फड्को मारिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि सामाजिक सशक्तिकरणका कार्यक्रममा अग्रसर हुन अनुरोध गरे ।
सर्वोदय नेपालका अध्यक्ष नारायणी चौलागाँईले सभ्य समाज निर्माणका लागि मानवीय र सामाजिक विकासमा दिनु पर्नेमा जोड दिईन् । सर्वोदय नेपालले जुम्लालाईनै विभेदमुक्त बनाउन २३९ महिला समुह मार्फत हजारौ नागरिक माझ पुगेर जनचेतना मुलक कार्यक्रम गर्दै आएको उल्लेख गरिन् । हिंसामुक्त समाज सर्वोदयका कार्यक्रम केन्द्रित रहेको बताईन् । महिला भएकै कारण महिनावारी विभेद भोग्नु पर्ने बाध्यता छ । महिला शसक्तिकरणका पनि विभेदमुक्त समाज निर्माण प्रथामिकतामा रहेको उनको भनाई छ।
१० बुँदे घोषणापत्र जारी
महिनावारी विभेद तथा बालविवाहमुक्त वडा घोषणालाई दिपोपन र कार्यान्वयनका लागि १० बुदेँ घोषणापत्र जारी गरिएको छ । तातोपानी-८ का अध्यक्ष नर बहादुर रावतले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
स्थानीय सरकार देखी, गैरसरकारी संस्था नागरिक अगुवा लगायत समग्र समाजलाई जवाफदेही बनाउने हेतुले १० बुदेँ घोषणापत्र जारी गरिएको छ । घोषणापत्रमा घोषणा कार्यान्वयनमा बढी जोड दिईएको छ ।

घोषणा कार्यक्रमको सहजीकरण सर्वोदय नेपाल र किर्डाक नेपालले गरेका हुन् ।

तपाईको प्रतिक्रिया