
पूर्ण चौलागाईं ।
नेपाल सरकारले सामुदायिक बिद्यालयको बालशिक्षा तथा आधारभुत अन्तर्गत (कक्षा १-५) मा दिवा खाजा कार्यक्रम लागू गरेको छ। यस कार्यक्रमले बिद्यार्थि भर्नादर बढाउन , भर्ना भएकालाई टिकाउन , बालबालिकाको पोषण र स्वास्थ्य स्थितिमा सुधार गर्न दिवा खाजा कार्यक्रमले अहम् भुमिका खेलेको छ।
जुम्लाको चन्दननाथ नगरपालिका भित्रका सम्पुर्ण सामुदायिक बिद्यालय खाजा कार्यक्रमलाई प्रभावकारी बनाउन अभिमुखिकरण कार्यक्रम गरिएको छ।अभिभावक , बिद्यार्थी र बिद्यालय ब्यबस्थापन समितीलाई सचेतिकरण गरिएको चन्दननाथ नगरपालिका शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख खडानन्द चौलागाईंले बताए ।

स्थानीय कृषि उपजमा आधारित दिवा खाजा कार्यक्रमले विद्यार्थीको चौतर्फी बिकास गर्ने भएको हुँदा आफ्नो बिद्यालयमा कार्यान्वयन गर्ने चन्दननाथ माध्यमिक बिद्यालयका प्रधानध्यापक टंक महतले बताए ।चन्दननाथ नगरपालिका शिक्षा तथा युवा खेलकुद शाखाको आयोजना विश्व खाध्य कार्यक्रमको सहयोगमा उक्त कार्यक्रम भएको हो।

हाम्रो कर्णाली । १२ असार २०८३, शुक्रबार २२:४५