
पूर्ण चौलागाईं ।
जुम्लाका एक नगरपालिका र ७ गाउँपालिकाले तोकिएकै समयभित्र आगामी वर्ष २०८३/२०८४ का लागि बजेटसहितको नीति तथा कार्यक्रम ल्याएका छन् ।
शिक्षा स्वास्थ्य कृषि पर्यटन, रोजगार, पूर्वाधार विकास निर्माणलाई प्रथामिकता दिदै जुम्लाका स्थानीय तहले आगामी आर्थिक वर्षको बजेटसहित नीति तथा कार्यक्रम ल्याएका हुन् ।
चन्दननाथ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ५९ करोड ४६ लाख ७१ हजार ४२७ रुपियाँ बजेट ल्याएको छ ।
तातोपानी गाउँपालिकाले ५४ करोड २८ लाख ८ हजार, पातारासी गाउँपालिका ४५ करोड ४६ लाख ६ हजार ५३९ रुपियाँ र तिला गाउँपालिकाले ५० करोड ५१ लाख ७१ हजार बजेट ल्याएको छ ।

यस्तै हिमा गाउँपालिकाले ४३ करोड ७९ लाख ६६ हजार, सिजा गाउँपालिकाले ४५ करोड ४८ लाख १८ हजार ५५७ रुपियाँ र कनकासुन्दरी गाउँपालिकाले ४५ करोड १२ लाख ७७ हजार ९७४ रुपियाँको बजेट ल्याएको छ ।
गुठीचौर गाउँपालिकाले भने असार ९ गते नै २३ औँ गाउँसभाबाट ३८ करोड ३६ लाख ८३ हजार १३२ रुपियाँ बजेटसहित नीति तथा कार्यक्रम ल्याएको हो ।


हाम्रो कर्णाली । १० असार २०८३, बुधबार २१:५४