गुठिचौरको २३ औं गाउसभा सम्पन्न , ३८ करोड ३६ लाख बजेट सार्वजनिक

पदम शाही
जुम्लाको गुठिचौर गाउँपालिकाको २३ औं गाउसभा सम्पन्न भएको छ।उक्त सभाले आर्थिक वर्ष २०८३/८४ का लागि ३८ करोड ३६ लाख ३ हजार १३२ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । कार्यवाहक अध्यक्ष शान्ति मल्ल भण्डारीले सो डल्लो बजेट प्रस्तुत गर्नु भएको हो । प्रस्तुत बजेट अनुसार गाउँपालिकाको आन्तरिक स्रोतबाट ३० लाख रुपैयाँ संकलन हुने अनुमान गरिएको छ ।
संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १० करोड १० लाख, विशेष अनुदान १ करोड ५ लाख, सशर्त अनुदान १० करोड ५९ लाख, समपूरक अनुदान ९ करोड ७३ लाख तथा राजस्व बाँडफाँडबाट ९ करोड ५८ लाख २७ हजार रुपैयाँ प्राप्त हुने जनाइएको छ ।
त्यस्तै, प्रदेश सरकारबाट राजस्व बाँडफाँड १३ लाख ८५ हजार १३२ रुपैयाँ, वित्तीय समानीकरण अनुदान १ करोड १८ लाख ६३ हजार, सशर्त अनुदान १ करोड २५ लाख ५८ हजार, समपूरक अनुदान १ करोड ६६ लाख ५ हजार तथा विशेष अनुदान ४० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
गाउँसभामा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।


गाउँपालिकाले आगामी आर्थिक वर्षमा विकास योजना, सेवा प्रवाह सुधार, पूर्वाधार निर्माण, कृषि, शिक्षा, स्वास्थ्य तथा अन्य प्राथमिकताका क्षेत्रमा केन्द्रित भएर कार्यक्रम सञ्चालन गर्ने भएको छ।

तपाईको प्रतिक्रिया