


नेपाल राष्ट्रिय कर्मचारी संगठनको कर्णाली प्रदेश अध्यक्षमा जुम्लाका देवेश्वर गिरी चयन भएका छन् ।
शनिबार वीरेन्द्रनगरमा सम्पन्न अधिवेशनबाट गिरीको नेतृत्वमा ३१ सदस्यीय समिति गठन गरिएको हो । यस्तै संगठनको उपाध्यक्षमा मुकुन्द शर्मा, जमानसिंह परियार, ललिता बोगटी, लोकबहादुर शर्मा र शिवराम केसी चयन भएका छन् ।
यस्तै सचिवमा सुर्खेतका रमेश खड्का, सहसचिवमा गोपा बुढा र हंस महतारा चयन भएका छन् । यस्तै कोषाध्यक्षमा पुनम विक चयन भएका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन नेकपा (माओवादी केन्द्र) निकट संगठन मानिन्छन् ।








