भेरीखोलाका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

जुम्लाको तातोपानी गाउँपालिकाले जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ। जनतासँग उपाध्यक्ष कार्यक्रमअन्तर्गत ३६७ जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष रेवती रावलले जानकारी दिइन्।

उनका अनुसार वडा नं ७ र ८ भेरीखोलाका ६८ वर्षमाथिका नागरिकलाई सात लाख ६० हजार रुपैयाँबराबरको ज्याकेट र स्वेटर वितरण गरिएको हो।




तपाईको प्रतिक्रिया