
पूर्ण चौलागाईं ।
जुम्लाकाे ताताेपानी गाउँपालिका स्तरिय सामुदायिक विद्यालय विब्यस महासंघको गठन भएको छ। मंगलबार सामुदायिक विद्यालय विब्यस अध्यक्षहरुको भेलाबाट रावत अध्यक्षमा चयन भएका हुन् ।
सो भेलाले उपाध्यक्षमा मायादेवि रावत, सचिवमा नरेन्द्र रावत, काेषाध्यक्षमा इन्द्र शाही र सहसचिमा हिमाली कामी चयन गरेको छ।त्यस्तै सदस्यहरुमा राजबहादुर राेकाया, भैर डाँगी, नारायण शाही र अमर रावल रहेका छन् ।
सामुदायिक विद्यालयमा थुप्रै बेथितिहरु रहेकाले त्यस्ता बेथिति अन्त्य गरि शैक्षिक अवस्था सुधार गर्न आफू दोर्सो कार्यकालको लागि अध्यक्ष पदमा दोहोरिएको अध्यक्ष डिलेश रावतले बताए ।

हाम्रो कर्णाली । २७ जेष्ठ २०८३, बुधबार १८:२२