
पूर्ण चौलागाईं ।
नेपाली कम्युनिष्ट पार्टी जुम्ला जिल्लाकाे इन्चार्जमा गाेमा गाैतम चयन हुनु भएको छ। पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयाेजक माधवकुमार नेपाल हस्ताक्षरित कार्य विभाजन पत्र अनुसार कर्णालीका दशवटै जिल्लामा इन्चार्ज र संयाेजक ताेकेकाे छ। जसमध्ये जुम्लामा सह – इन्चार्जमा चन्द्रवीर तिरुवा, दलबहादुर जिसी, नरेन्द्रनाथ याेगी, पदमबहादुर राेकाया, लक्ष्मीकन्या बुढा र वीर बहादुर कुबँर चयन हुनु भएको छ। यसैगरी जिल्ला संयोजकमा राजबहादुर खत्रीलाई जिम्मेवारी दिएको छ। सह-संयोजकमा अनिल अधिकारी, दिपक गाैतम, विष्णु महत र शान्ति मल्ल भण्डारीलाई जिम्मेवारी दिइएको छ।
जिल्ला इन्चार्ज गौतम काे राजनीतिक यात्रा
२०५५ मा भूमिगत हुँदै स्कुल विद्यार्थी संगठनमा । २०५६ मा जनमिलिसिया हुँदै महिला प्लाटुन कमिसार, मुगु जिल्लाकाे सेक्रेटरी । पहिलो सविधानसभा सदस्य , २०७९ सालको संसदीय निर्वाचनमा जुम्ला क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी , पुर्व पशुपन्छी राज्य मन्त्री, महिला केन्द्रीय सचिव, नेकपा माओवादी केन्द्रीय सदस्य तथा वैकल्पिक पाेलिटब्युराे सदस्य हुदै तत्कालीन समाजवादी र माओवादी पार्टी एकीकरण हुँदा नेकपा जिल्ला सह-इन्चार्ज हुँदै पार्टीका महत्त्वपूर्ण भुमिकामा रहेर कुशल र सफल रुपमामा आफ्नाे जिम्मेवारी पूरा गरिसकेकी छिन् ।

हाम्रो कर्णाली । २७ जेष्ठ २०८३, बुधबार १८:२९